यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना

काठमाडौं,जेठ,१३-पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे। पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो। खाजा पनि घरबाटै लान्थे। यहाँसम्म कि कार्यालयको गाडीसमेत उनले चढेनन्। टण्डनले पशुपति क्षेत्र विकास कोषमा दुईपटक गरी ११ वर्ष दुई महिना पदाधिकारीका रूपमा […]

नेपाल एयरलाइन्सले मलेसिया-भैरहवा १२ हजार सात सयमै उडाउने

काठमाडौँ,जेठ,४-राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ।यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो।   “नेपाल एयरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, […]

एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६-६ लाख दिने सरकारको निर्णय

काठमाडौँ,बैशाख,२०-सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६-६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य प्रशिक्षकसहित क्रिकेट खेलाडीलाई जनही ६-६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३-३  लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो। मंगलबार भएको फाइनलमा नेपालले युएईलाई ७ […]

गड्डाचौकी नाकाबाट तरकारी आयात बढ्दै, ६ महिनामा भित्रियो ७ करोडको तरकारी

कञ्चनपुर,फाल्गुन,१७-जिल्लाको गड्डाचौकी नाकाबाट ६ महिनामा रू सात करोडभन्दा बढीको तरकारी आयात भएको छ।कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन । कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रू. ७ करोड ६५ लाख ४४ हजारको तरकारी आयात गरिएको छ […]

जनवरीमा जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

टोकियो,माघ,२७-जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ।ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो । विभिन्न कम्पनीहरूबीच कारोबार हुने सामानको मूल्य लगातार २३ औं महीनामा बढेको बीओजेले बताएको छ।योसँगै डिसेम्बरमा वृद्धिदर १०.५ प्रतिशतले बढेको उल्लेख गरिएको छ। उक्त अवधिमा आयात मूल्य एक वर्षअघिको तुलनामा १७.८ प्रतिशतले […]

पूर्वाञ्चल ल्युब आयलको आईपीओ आउँदै

काठमाडौं,माघ,२०-पूर्वाञ्चल ल्युब आयल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले ५ लाख कित्ता आईपीओ निष्कासन गर्न विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। नियुक्तिसम्बन्धी सम्झौता बुधवार सम्पन्न भएको छ।सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) […]

म्याग्दीबाट रू. २० करोडको सुन्तला निकासी

म्याग्दी,माघ,२०-यस वर्ष म्याग्दीबाट रू. २० करोड बराबरको सुन्तला निकासी भएको छ। जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीसहित पोखरा, मुग्लिन, काठमाडौंलगायत बजारमा निकासी भएको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ। केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैंचाको सुन्तला निकासी भइसकेको जानकारी दिनुभयो। ‘सरदर प्रतिकिलो रू. ६० का दरले रू. २० करोड मूल्यको सुन्तला निकासी भएको […]

एकैदिन तोलामा ११ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं,माघ,१३-बिहीवार अहिलेसम्मकै सर्वाधिक मूल्यमा कारोबार भएको सुन शुक्रवार (आज) तोलामा १ हजार १०० रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीवार यसको मूल्य तोलाको १ लाख ६ हजार ९०० रुपैयाँ तोकिएको थियो ।  बिहीवार सुनको मूल्य सर्वाधिक तोकिएपछि ग्राहक […]

सुनको मूल्य इतिहासकै सर्वाधिक,तोलामा बढ्यो ६४ सय

काठमाडौं,माघ,१०-सुनको मूल्य इतिहासकै सर्वाधिक कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलवार सुनको मूल्य तोलाको १ लाख ६ हजार ३०० रुपैयाँ तोकेको छ । यो अहिलेसम्मकै सर्वाधिक हो।  यसअघि गत फागुन २५ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो।उक्त दिन सुनको मूल्य तोलाको १ लाख ५ हजार ५०० रुपैयाँ तोकिएको थियो।त्यसयता सुनको मूल्यमा उतारचढाव देखिएको थियो।  […]

सुनको मूल्य यो वर्षकै उच्च

काठमाडौं,पुष,१९-साताको तेस्रो दिन मंगलबार सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ।मंगलबार सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँ […]