भूमि फिर्ताका लागि अब भारतसँग वार्ता हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं,जेठ,३१-प्रधानमन्त्री केपी शर्मा ओलीले अब मिचिएको नेपाली भूमि फिर्ता गर्नका लागि भारतसँग वार्ता हुने बताउनु भएको छ। शनिबार नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएपछि प्रधानमन्त्री ओलीले पत्रकारसँग प्रतिक्रिया दिँदै मिचिएको भूमि फिर्ता गर्नका लागि भारतसँग वार्ता गर्ने बताउनु भएको हो। […]

संविधान संशोधनको प्रस्तावमा १७ जनाले दिएनन् मत, सत्तारुढ दल नेकपाकै सांसद अनुपस्थित

काठमाडौं,जेठ,३१-मुलुकको भूगोलको नक्शा परिवर्तन गर्ने जस्तो ऐतिहासिक निर्णय प्रक्रियामा १७ जना सांसद अनुपस्थित भएका थिए।सत्तारुढ दल नेकपाकै सांसद यस्तो बैठकमा मत दिन उपस्थित भएका थिएनन् । शनिबार बसेको संसदको तल्लो सदन प्रतिनिधि सभा बैठकले मुलुकको नयाँ नक्शा पारित गरेको थियो । तर यस्तो ऐतिहासिक निर्णय गर्ने बैठकमा भने १७ सांसद निर्णय प्रक्रियामा सामेल भएनन् । […]

संविधान संशोधन भएपछि गगनले भने: अब यसरी नै विदेशी सेना फिर्ता पठाउनेछौं

काठमाडौं,जेठ,३१-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएपछि गर्व अनुभूति भइरहेको प्रतिक्रिया दिनुभएको छ।  शनिबार प्रतिनिधिसभामा भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को पक्षमा २५८ र विपक्षमा शून्य मत परेको थियो। यो संसदको जम्मा संख्या २७५ को […]

राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउँदै छ : प्रचण्ड

काठमाडौं,जेठ,३१-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउनु भएको छ । शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा अध्यक्ष प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्र आएपछि फिर्ता ल्याउने प्रक्रिया अघि बढेको बताउनु भएको थियो । […]

संविधान दोस्रो संशोधन विधेयक संसदबाट पारित, अद्यावधिक नक्सा निशान छापमै

काठमाडौं,जेठ,३१-भारतद्वारा अतिक्रमित नेपाली भू–भाग लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले निशान छापमा भारतबाट अतिक्रमित भू–भाग समेटेर अद्यावधिक गरिएको नक्सा परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा उपस्थित २५८ जना सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए भने […]

नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न आज संसदमा मतदान हुंदै

काठमाडौं,जेठ,३१-नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न ल्याइएका संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा आज मतदान हुंदैछ ।जेठ ९ गते दर्ता भएको नेपालको संविधान दोस्रो सशोधन विधेयकमा हिजोसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएलगत्तै पारित गर्ने प्रक्रिया अघि बढाइएको हो ।संघीय संसद सचिवालयको आज १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित नै गर्ने गरी […]

अभागी मतदाताका भाग्यमानी नेता !

काठमाण्डौं,जेठ,३०-चुनाव आउनु एक महिना अघि नै नेताहरुलाई भोट माग्न र भोटको आँकलन गर्न भ्याइ नभ्याइ हुन्छ । देशका कुना काप्चामा काम विशेषले बसेकाहरुलाई गाउँ घर सम्म बोलाउँछन ति नै नेता ज्यू । भारतका विभिन्न शहरमा रोजगारीमा गएका थुपै्र आफ्ना मतदाता गाउँलेहरुलाई यसपालि मलाई भोट हालेर जाऊ भनेर कर गरिन्छ । विचरा सोझा परदेशी दाजुभाई र […]

लकडाउन खुकुलो बनाउने मन्त्रिपरिषदको निर्णय, पसल खुल्ने, सवारीमा जोर बिजोर प्रणाली !

काठमाडौं,जेठ,२९-सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार अबेर राति सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो । अब स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गरिने छ । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रमा जोर बिजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गरिने छ । सरकारले […]

सरिता गिरीलाई संशोधन फिर्ता लिन निर्देशन, नलिए कारवाहीको चेतावनी

काठमाडौं,जेठ,२८-भारतले हडपेको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध संशोधनको सूचना दर्ता गराएकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही चेतावनी दिएको छ। जनता समाजवादी पार्टी संघीय संसदीय दलका प्रमुख सचेत उमाशंक अरगरियाले संसद सचिवालयमा दर्ता गरिएको संशोधनको सूचना तत्काल फिर्ता लिन निर्देशन दिनुभयो ।  पार्टीसँग सल्लाह नलिइ, संसदीय दलको निर्देशनबिना संशोधन दर्ता गराएको जनाउँदै जनता […]

नेपाल हेपिँदैन, हेपिन तयार छैन, कालापानी क्षेत्रमा भूमि कब्जा भएको होः प्रधानमन्त्री ओली

काठमाडौं,जेठ,२८-प्रधानमन्त्री केपी ओलीले नेपाल हेपिन तयार नभएको र नहेपिने प्रष्ट हुन आग्रह गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमाथि धम्की नदिने पनि सचेत गराउनुभयो । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तिब्बत प्रकरणमा जोडेर नेपालमाथि धम्की दिएको भन्दै सांसदले प्रश्न उठाएपछि जवाफमा ओलीले भन्नुभयो, ‘यदि उहाँले बोल्नुभएको हो […]