काठमाडौं,जेष्ठ,२८-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको cजेटमा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने क्रम जारी छ ।आज पनि बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विनियोजन विधेयक अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । उहांले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत विनियोजन भएका कार्यक्रमका बारेमा जवाफ […]
राजनीति
संसदमा संविधान संशोधन प्रस्तावको पक्षमा अभूतपूर्व एकता
काठमाडौं,जेठ,२७-भारतबाट अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी नयाँ नक्सालाई संवैधानिक मान्यता प्रदान गर्न प्रतिनिधिसभा बैठकमा मंगलबार सरकारले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावको पक्षमा अभूतपूर्व राजनीतिक एकता प्रदर्शन भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले प्रस्ताव प्रस्तुत गरेपछि भएको सैद्धान्तिक छलफलमा सत्ताधारी नेपाल […]
संविधान संशोधन विधेयकमाथि आजबाट छलफल हुँदै, निशान छाप अद्यावधिक गरिँदै
काठमाडौं,जेठ,२७-प्रतिनिधि सभामा आजबाट संविधान संशोधन विधेयकमाथि छलफल हुने भएको छ ।आजको बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको हो । सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ । सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको सात […]
एमसीसी परियोजना अनुमोदन गर्नेबारे नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं,जेठ,२६-सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ । अमेरिकी सरकारको सहयोगमा अघि बढाउन लागिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो ।एक वर्ष अघिकै वर्षे अधिवेशनमा संसदबाट अनुमोदन गर्ने लक्ष्य राखिएको एमसीसीबारे सत्तारुढ दलभित्र विवाद देखिएपछि गत हिउँदे अधिवेशनमा पनि पारित हुन सकेन । गत माघमा एमसीसीबारे अध्ययन गर्न नेकपाले पूर्वप्रधानमन्त्री […]
काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं,जेठ,२६-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। बैठक पार्टी सभापति शेर बहादुर देउवाले आकस्मिक रुपमा बोलाएको बताइएको छ ।यसअघि गत १७ गते काँग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने […]
विदेशबाट आउन चाहने सबैलाई फिर्ता ल्याऊन सरकारलाई कांग्रेसको आग्रह
काठमाडौं,जेठ,२४-प्रमुख नेपाली कांग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ।काँग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले शनिबार एक विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको उल्लेख गर्दै संख्या नतोकी स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन आग्रह हो। सरकारले हालै विभिन्न देशमा रहेका […]
आज विश्व वातावरण दिवस
काठमाडौं,जेष्ठ,२३-आज विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिन्छ।दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको व्यवस्थापनका लागि ध्यान पुर्याउन सबै निकायसँग आग्रह गर्नुभएको छ । विश्व वातातरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाॅंले […]
‘सामाजिक दूरी कायम गरेर उद्योग र पसल खोल्छौँ’
काठमाडौँ,जेठ,२२-नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ । महासङ्घले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलब भुक्तानीमा समस्या परेको भन्दै आजदेखि दैशैभरका उद्योग तथा पसल खोल्ने निर्णय गरेको हो ।महासङ्घका अध्यक्ष नरेश कटुवालले मुलुकमा […]
यसरी हुन्छ संविधान संशोधन
काठमाडौँ,जेठ,२२-भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर अद्यावधिक गरिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा अनुसार निसान छाप परिवर्तनका लागि सरकारले जेठ ८ गते प्रतिनिधि सभामा संविधान संशोधन विधेयक दर्ता गरेको छ । सरकारले संशोधन विधेयक ल्याएसँगै यसअघि विषयान्तर भएका संविधान संशोधनका केही विषय पुनः ब्युँतिए । मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी […]
लकडाउन उल्लंघन गर्ने व्यवसायीहरुको चेतावनीपछि मन्त्रिपरिषद बैठक आज बस्दै
काठमाडौं,जेष्ठ,२२ –मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने बताइएको छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको […]




