लकडाउनको ढाँचा परिवर्तन गर्ने सरकारको तयारी

काठमाडौं,जेष्ठ,२०-सरकारले लकडाउनको मोडालिटी(ढाँचा)मा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाबमा परेको सरकारले लकडाउनको ढाँचामा केही परिवर्तन गर्न खोजेको हो । मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ […]

मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का

काठमाण्डौं,जेठ,२०- कोभिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ ।  लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलैचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि […]

राजपा र समाजवादी पार्टीका नेताहरुको संविधान संशोधन विधेयक संसदमा दर्ता

काठमाडौं,जेठ,१९-संविधान संशोधनको माग गर्दै आएका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले सोमबार संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।राजपा र समाजवादी पार्टीका नेताहरु शुक्रबार संशोधन दर्ता गराउन संसद सचिवालय सिंहदबार पुगे पनि दर्ता भएको थिएन। आइतबार राजपाले समाजवादी पार्टीसँग छलफल गरेपछि सोमबार साँझ गैरसरकारी विधेयक दर्ता भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी […]

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरियो

काठमाडौं,जेठ,१८-संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश गरिएको छ ।आइतबारको बसेको संसद बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पारित भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेनन् […]

संविधान संशोधन विधेयक आज संसदमा पेश गरिँदै

काठमाडौं,जेठ,१८-सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गरिने छ । बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो । नेपालको नक्शामा उल्लेखित […]

संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

काठमाडौं,जेठ,१७- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको हो। कांग्रेसले आफ्ना […]

नेकपा सचिवालय बैठक सकियो, एमसीएको काम रोक्ने समझदारी

काठमाडौं,जेठ,१७-एमसीसीबारे छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसीसी सम्झौता र बजेटमा समावेश गरिएका एमसीसीका कार्यक्रमहरुको बारेमा छलफल भएको थियो। बैठकमा एमसीसी सम्झौता र बजेटको अनुसूचीमा राखिएको एमसीसीको योजनाभित्रको कार्यक्रमको स्पष्टताका निम्ति छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।एमसीसी सम्झौता बारेको प्रस्ताव अहिले […]

राष्ट्रपतिद्धारा २३३ कैदीको बाँकी कैद मिनाहा

काठमाण्डौं,जेठ,१५-राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । यसैगरी नेपालको संविधानको […]

आज गणतन्त्र दिवस मनाईंदै, १२ बर्षसम्म पनि सोचे अनुसारको प्रगति भएन

काठमाडौं,जेठ,१५-आज १३ औं गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदैछ ।२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । आजदेखि १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । २०६२/०६३ सालमा भएको जनआन्दोलनले […]

आगामी बजेटमा ऊर्जा, नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता

काठमाडौँ,जेठ,१४-आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण( डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना शुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको जनाएको छ ।          ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चालु आवको भन्दा झण्डै रु छ अर्ब कम हुने गरी रु ७५ […]