संविधान संशोधनमा पार्टीलाई आरोपित गरेकोमा कांग्रेसको आपत्ति

काठमाडौं,जेठ,१४-संसदको प्रतिनिधि सभाले बुधबारको आफ्नो कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जेठ १४ गतेको बैठकको सूचना र संभावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको बताउनुभयो । ‘संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष […]

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं,जेठ,१३-प्रधानमन्त्री केपी ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य […]

रुकुम-चौरजहारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं,जेठ,१३-गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । तीन जनाको मृत्यु र तीन जना अझै बेपत्ता रहेको घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । मंगलबार राष्ट्रियसभामा घटनाबारे जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले छानबिन गर्न समिति बनाइएको बताउनुभयो। गृहमन्त्री […]

चौरजहारी घटना जातीय अहंकारवादको उपज भएको गृहमन्त्री थापाको भनाइ

काठमाडौं,जेठ,१३-गृहमन्त्री रामबहादुर थापाले पश्चिम रुकुमको चौरजहारीमा दलित युवाको हत्या जातीय अहंकारवादको उपज भएको टिप्पणी गर्नुभएको छ। मंगलबार घटनाबारे राष्ट्रिय सभालाई जानकारी दिँदै मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो। सुरक्षा संयन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवा युवतीलाई ‘भगाउन’ गएको भन्ने खुलेको भन्दै गृहमन्त्री थापाले […]

जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौं,जेठ,१२-प्रधानमन्त्री केपी ओलीले देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने बताउनु भएको छ । सोमबार साँझ देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशमा २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार गरिएको बताउनु भएको थियो । ओलीले क्वारेन्टीनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका […]

संविधान संशोधन गर्ने सरकारको प्रस्तावमा कांग्रेसले ‘साथ दिने

काठमाडौं,जेठ ९-प्रमुख प्रतीपक्ष दल नेपाली काग्रेसले संविधान संशोधनमा साथ दिने भएको छ।नयाँ नक्सालाई देशको मूल कानुनअनुकूल बनाउन संसद सचिवालयमा शुक्रबार संविधान संशोधनको प्रस्ताव दर्ता भएको थियो । सरकारी प्रस्ताव पारित हुन संसदमा दुईतिहाइ मत चाहिन्छ । जसका लागि प्रमुख विपक्षी दलहरुको सहयोग अपरिहार्य छ ।विपक्षी दलहरुले भने यही मौकामा संविधान संशोधनका लागि सर्त राख्ने रणनीति बनाएका छन् ।भारतबाट […]

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

काठमाडौँ,जेठ,९-सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले मन्त्रीस्तरीय निर्णयबाट नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न […]

सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्दैनौंः सरकारका प्रवक्ता डा. खतिवडा

काठमाडौं,जेठ,९-भारतले अतिक्रमण गरेको नेपालको भूभागसम्बन्धि विवादलाई नेपालले तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने जनाएको छ।भारतसँग कूटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गर्दै सरकारले सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण आवश्यक नरहेको निष्कर्ष निकालेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कूटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ तथा सूचना एवं […]

निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं,बैशाख,९-सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले बुधबार भारतले अतिक्रमण […]

मन्त्रिपरिषद बैठक जारी, संविधान संशोधन प्रस्ताव ल्याउँदै

काठमाडौं,जेठ,९-सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले संविधान संशोधनको लागि प्रस्ताव ल्याउने बुझिएको छ । सरकारले यही जेठ ७ गते बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ।   नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन […]