एसडी मुनीलाई गगन थापाको जवाफ : ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रै भूमि हो’

काठमाडौं,जेठ,८-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय प्राध्यापक डा. सुकदेव मुनीलाई नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न चेतावनी दिनुभएको छ। भारतमा नेपाल मामिलाका जानकार मानिने मुनीले नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ नक्शा एकपक्षीय रुपमा जारी गरेको टिप्पणी गरेपछि थापाले मुनीलाई जवाफ दिनुभएको थियो। मुनीको ट्वीटमा जवाफ फर्काउँदै पूर्वमन्त्रीसमेत रहेका सांसद थापाले लिम्पियाधुरा, […]

कांग्रेस नीति प्रतिष्ठानको पूर्ण बैठक : लिपुलेक सडक गम्भीर र आपत्तिजनक

काठमाडौं,जेठ,८-नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्ण बैठकले भारतले एकपक्षीय रुपमा निर्माण गरेको लिपुलेक सडक नेपाल र नेपालीका लागि गम्भीर र आपत्तिजनक भएको बताएको छ।  बिहीबार अनलाइन जुमका माध्यमबाट भएको पूर्ण बैठकले भारतको कदमप्रति आपत्ति जनाएको हो। ‘वर्तमानमा भारतले एकपक्षीय रुपमा निर्माण गरी उद्घाटन गरेको भनिएको र अत्यन्त चर्चामा रहेको लिपुलेक सडकको विषय […]

वार्षिक नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट बहुमतले पारित

काठमाडौँ,जेठ,६-विपक्षी दलको विरोधका बिच आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे ।  नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए […]

भारतले अतिक्रमित गरेको सबै भूभाग सरकारले फिर्ता ल्याउँछः प्रधानमन्त्री केपी ओली

काठमाडौं,जेठ,६-प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमित गरेको सबै भूभाग सरकारले फिर्ता ल्याएरै छाड्नै अठोट व्यक्त गर्नु भएको छ ।  प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको सरकार देखाउने राष्ट्रवादको पक्षमा नभई अनुभूत गर्ने राष्ट्रियताको पक्षमा रहेकैले नीति तथा कार्यक्रममा नेपाली भूमि समेटिएको नक्शा सार्वजनिक गर्ने विषय व्यक्त गरिएको थियो ।’ प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली […]

नीति तथा कार्यक्रममाथि सासंदहरुले उठाएका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं,जेठ,६-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिनुहुनेछ ।नीति तथा कार्यक्रममा दुई दिनसम्म १ सय १८ जना सांसदले भाग लिएका थिए । प्रधानमन्त्रीको जवाफपछि  नीति कार्यक्रममाथि संशोधन निर्णयार्थ पेश गरिनेछ ।विभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । संशोधनको छिनोफानोपछि नीति तथा कार्यक्रम […]

परीक्षणदर बढाएर शैक्षिक क्षेत्र खुला गर्दै जानुपर्छ: काॅंग्रेस प्रवक्ता शर्मा

काठमाडौं,जेठ,५-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने बताएका छन् । कोरोना परीक्षणको दायरा बढाउँदै विभिन्न विकल्पहरुका साथ शैक्षिक संस्था खुला गर्नुपर्ने उनको भनाइ छ ।नेपाल शिक्षक संघ चितवनले आयोजना गरेको शिक्षकहरुको १० दिने सूचनाप्रविधियुक्त सिकाइ तालिमको समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले शैक्षिक क्षेत्र लामोसमय पूर्णतः बन्द गरेर राख्न […]

लिम्पियाधुरा, लिपुलेक सहितको नक्शा मन्त्रिपरिषदबाट पारित

काठमाडौं,जेठ,५-सरकारले लिम्पियाधुरा, लिपुलेकसहितको भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित गरेको एक मन्त्रीले जानकारी दिएका हुन् । बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्शा पेश गरेकी थिइन् । नयाँ नक्शामा भारतले वार्षैदेखि अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको जनाइएको छ […]

सरकार काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुग्यो: डा.शशांक कोइराला

काठमाडौं,जेठ,५-नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सरकार काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुगेको बताउनु भएको छ ।सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा सहभागी हुँदै उहाॅंले सरकारको कडा आलोचना गर्दै काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुगेको बताउनु भएको हो । उहाॅंले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा सरकारले सुशासन, शान्ति सुरक्षा कायम गरेको, भ्रष्टाचार विरुद्ध कारवाहीलाई तिब्रता दिएको भनिएको छ तर महासंकटको यस्तो अवस्थामा समेत […]

मदन भण्डारीको विचारले नेपालमा कम्युनिष्ट शक्ति सर्वाधिक लोकप्रिय : नेकपाका अध्यक्षद्वयको भनाई

काठमाडौं,जेठ,३-नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा मदन भण्डारीको विचारले नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। आज जेठ ३ गते २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले ३ पेज लामो संयुक्त विज्ञप्ती जारी गर्दै मदन भण्डारीलाई यसरी चित्रित गरेका […]

लिपुलेक विवाद : छाङरुमा यसरी पुग्यो सशस्त्र प्रहरी टोली, हेर्नुहोस् ६ फोटोमा

काठमाडौं,बैशाख,३१-भारतले सीमा मिचेर सडक निर्माण गरेको दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्न टोली त्यहाँ पुगेको छ।सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबहादुर थापासहितको टोली बुधबार छाङरु पुगेको हो। नेपाली सेनाको हेलिकोप्टरमा दुई पटकमा गरेर खलंगाबाट टोली छाङरु गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए। छाङरुको बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको कमान्डमा २५ जना […]