बाटोमा बुरुक्क उफ्रिदैमा भारत संगको सीमा समस्याको समाधान हुदैन: प्रधानमन्त्री ओली

काठमाडौं,बैशाख,३०-प्रधानमन्त्री केपी ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुनेमा सचेत गराएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान हुँदैन भन्दै यसका लागि भारतसँग वार्ता गरिने बताएको एक मन्त्रीले बताए । बैठकमा मन्त्रीहरुलाई निर्देशन दिँदै ओलीले भने, ‘भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय […]

लिपुलेक विवाद : हेलिकप्टर मार्फत छाङरुमा सुरक्षाफौज लैजाने सरकारको तयारी

काठमाडौं,बैशाख,२९-नेपाली भूमि लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेपछि सरकारले तत्काल सशस्त्र प्रहरीकाे बटालियन राख्ने तयारी गरेको छ।लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा त्यसको चौतर्फी विरोध भैरहेको छ ।  सोमबार बिहान बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, […]

लिपुलेक विवाद : भारतले नेपाली भूमिमा सडक बनाउनु सार्वभौमसत्तामाथिको हस्तक्षेप ओली र दाहालको भनाई

काठमाडौं,बैशाख,२७-भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष दाहालको संयुक्त वक्तब्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा यो कार्य […]

सडक आफ्नै भूमिमा बनाएको भारतको दाबी

काठमाडौं,बैशाख,२७-भारतले शुक्रबार उद्घाटन गरेको कैलाश मानसरोवरसम्म पुग्ने सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ। शनिबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतले नेपाली भूमी प्रयोग नगरिएको दाबी गरेको हो। ‘उत्तराखण्डको पिथोरागढ जिल्लास्थित हालै उद्घाटन गरिएको सडक खण्ड भारतीय भूमीभित्रै पर्छ,’ भारतको विदेश मन्त्रालयले शनिबार जारी गरेको […]

सुरक्षाकर्मी माथिको आक्रमण सिंगो नेपाली माथिको आक्रमण

काठमाण्डौं,बैशाख,२७-आफ्नो देश जान पाउनु पर्ने माग राख्दै केहि थान चिनियाहरु शुक्रबार नेपाल प्रहरी माथि नै जाइलागे । त्यो पनि देशको सबैभन्दा ठूलो प्रशासनिक भवन जहाबाट सिंगो मुलुकको प्रशासन चल्छ, सिंह दरबार अगाडि । अर्काको देशमा आएकाहरुले उल्टै त्यहि देशको सुरक्षाकर्मी माथि आक्रमण गर्नु कति सम्मको अन्याय, अत्याचार र हेपाई हो ? असल छिमेकी मानिदै आएको […]

नेपाली भूमिभित्र कुनै गतिविधि नगर्न भारतलाई नेपालको आग्रह

काठमाण्डौ,बैशाख,२७-नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनेर चीनको सीमासम्म पुर्‍याएकाे विषयमा सरकारले आधिकारिक धारणा जनाएको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत भारतले नेपाली भूमि हुँदै सडक खनेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सन् १८१६ को सुगौली सन्धि अनुसार काली पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमै पर्ने दाबी गर्दै सरकारले यो विषयमा नेपालले कुटनीतिक नोट पठाउँदा पठाउँदै पनि भारतले […]

राष्ट्रपतिद्धारा बैशाख २६ गते संसद अधिवेशन आह्वान

काठमाडौं,बैशाख,२१-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गर्नुभएको छ। सरकारको सिफारिसमा उहाॅंले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको हो । आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पेश […]

नेकपाको स्थायी कमिटीको बैठक बैशाख २५ गते बस्ने

काठमाडौं,बैशाख,२१-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आत्मालोचना गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि आत्मालोचना गर्नुभएको हो । बैठकले बैशाख २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ । यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने […]

प्रधानमन्त्री ओलीमाथि कविता चोरीको आरोप

काठमाडौं,वैशाख,२०-प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेको छ । उहाॅंमाथि कविता चोरी गरेको आरोप लागेको हो । मे दिवसमा हिजो प्रधानमन्त्री ओलीको सृजना भन्दै एउटा कविता सार्वजनिक भएको थियो । कविता प्रधानमन्त्रीको ट्वीटर पेजमा राखिएको छ । ‘अब आँसु खसाउनु पर्दैन’ शिर्षकको कविता उहाॅंका सल्लाहकारहरुले पनि शेयर गरेका छन् । उस्तै कविता […]

नेकपाको मंगलबार सचिवालय बैठक बस्ने

काठमाडौं,बैशाख,१५-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी ओली र माधवकुमार नेपाल पक्षबीचको छलफलले मंगलबार सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । सोही बमोजिम अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मंगलबार सचिवालय बैठक बोलाएका छन् । दुई पक्षका नेताबीच मन माझामाझ भएपनि कुनै निष्कर्ष भने ननिस्केको नेता रघु पन्तले सचारमाध्यमलाई बताउनु भएको थियो । यसअघि सोमबार विहान प्रधानमन्त्री […]