नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको नयाँ नक्सा सार्वजनिक रुपमा प्रयोग गर्दै

काठमाडौँ,असार,२-नेपालस्थित अमेरिकी राजदूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कोरोना सम्बन्धी तथ्यांक संगै लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रयोग गरेपछि नेपाली जनतामा खुशी छाएको छ।

नेपाली जनता खुसी हॅंदै अमेरिकी राजदूतावासलाई धन्यवाद व्यक्त गरेका छन् ।अमेरिकी दूतावासले नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो निकायको रुपमा देखापरेको छ ।