प्रदेश १ को नाम ‘कोशी प्रदेश’ बन्यो

विराटनगर,फाल्गुन,१८- प्रदेश १ को नाम ‘कोशी प्रदेश’ भएको छ । नेकपा एमालेले प्रदेशसभामा राखेको ‘कोशी प्रदेश’को प्रस्तावको पक्षमा कांग्रेस र माओवादी केन्द्र समर्थन जनाएपछि मदतान प्रक्रियामा लैजादा उक्त प्रस्तावको पक्षमा दुई तिहाई बहुमत जुटेपछि कोशी प्रदेश नामाकरण भएको हो । सभामुख बाबुराम गौतमले ‘कोशी प्रदेश’को नाम दुई तिहाई बहुमतले पारित भएको जानकारी दिनु भएको हो […]

चितवन २ मा उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौं,फाल्गुन,१७-आगामी बैशाख १० गते चितवन २ मा हुन गइरहेको उपनिर्वाचनका लागि १८ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । मंगलबार १८ दलले दल दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । […]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ गतेभित्र विश्वासको मत लिने

कैलाली,फाल्गुन,१६-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ । मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेको उहाँको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि उहाँले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता […]

कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर,पूर्व मन्त्री न्यौपाने पनि दोषी ठहरिए

काठमाडौं,फाल्गुन,१६-काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले कांग्रेस सांसद गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले गुरुङ सहित ९ जनालाई फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार […]

जसपाका अध्यक्ष उपेन्द्र यादवले दिए समर्थन फिर्ता लिने चेतावनी

वीरगन्ज,माघ,२०-जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ । बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई उहाँले संघीयताविरोधी षड्यन्त्र भइरहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको हो। उहाँ भन्नुभयो, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन […]

रवि लामिछानेले प्रधानमन्त्री “प्रचण्ड”समक्ष बुझाए राजीनामा

काठमाडौं,माघ,१३-सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त हुनु भएका रवि लामिछानेले राजीनामा बुझाउनु भएको छ। उहाँ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनु भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बन्नु भएको थियो। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।

रवि लामिछानेको सांसद पद खारेज संगै उपप्रधान तथा गृहमन्त्री पद गयो

काठमाडौं,माघ,१३-सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । सर्वोच्चले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै फैसला सुनाएको हो। अमेरिकी […]

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाई आज हुँदै

काठमाडौं,माघ,१३-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्धको नागरिका सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ । बुधवार संवैधानिक पूर्ण इजलासमा सुनुवाई हुन नसकेपछि आजका लागि सुनुवाई तोकिएको थियो । बुधवार कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो ।  लामो समय देखि विवादित बन्दै आएको लामिछानेको नागरिकता […]

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं,माघ,१२-नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिनुभयो । बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ […]

भूकम्पमा परि बाजुरामा एक जनाको मृत्यु,एक घाईते

बाजुरा,माघ,१०-बाजुरामा मंगलबार गएको भुकम्पमा परि एक जनाको निधन भएको छ। बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको हो। गौमुल गाउँपालिका वडा नन्बर-२की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ।मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको […]