‘राष्ट्रपतिले अध्यादेश रोक्नु असंवैधानिक

काठमाडौं,पुस,४- कांग्रेसले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक भूमिकामाथि प्रश्न उठाएको छ । सरकारले दुई महिनाअघि पठाएको अध्यादेशलाई प्रमाणीकरण नगरी ‘होल्ड’ राख्नुलाई ‘असंवैधानिक’ रहेको कांग्रेसको ठहर छ । अध्यादेश रोकिएको विषयमा कांग्रेसका शीर्ष तहका नेता केही दिनदेखि छलफलमा छन् । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेकै ‘उक्साहट’ मा राष्ट्रपतिले अध्यादेश होल्ड गरेको […]

चीनबाट इन्धन ल्याउने प्रक्रिया अन्योलमा

काठमाडौं,पुस,३- चीनबाट इन्धन आयात प्रक्रियामा सरकारी निकाय नै बाधक देखिएको छ । आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा नेशनल ट्रेडिङलाई दिए पनि अर्थ मन्त्रालयले यसमा सैद्धान्तिक सहमति नजनाउँदा अन्योल देखिएको छ । यसरी अर्थबाट सहमतिका लागि कुनै प्रक्रिया अघि नबढ्दा ढिलाई भएको आपूर्ति मन्त्रालयले बताएको छ । पछिल्लो समय चीनबाट इन्धन आयात गर्ने जिम्मा […]

निर्वाचन सम्पन्न भएको एक वर्षपछि स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण

सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- ओखलढुंगा क्याम्पस, ओखलढुंगाले स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन सम्पन्न भएको झण्डै एक वर्षपछि निर्वाचितहरुलाई क्याम्पसले आज बल्ल प्रमाणपत्र वितरण गरेको हो । गत साल फाल्गुन २१ गते नै निर्वाचन सम्पन्न भएपनि विविध कारणले प्रमाणपत्र वितरणमा ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अनेरास्ववियुका जीवन कटवाल […]

पार्टी एकताबारे आज नयाँ घोषणा गर्दै ओली र प्रचण्ड

काठमाडौं पुस,२- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादी केन्द्रबीचको एकताबारे आज अपरान्ह नयाँ घोषणा गर्ने भएका छन्। पार्टी एकतापछि पनि सबै कार्यकारी नेतृत्व एमाले अध्यक्ष ओलीले पाउने भन्ने एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले एकताबारे सिर्जना भएको संसय चिर्न प्रचण्ड–ओलीले नयाँ घोषणा गर्न लागेका हुन्। यसका लागि आज […]

गाँउगाँउमा पुगेर मतदातालाई धन्यवाद दिदै रावल

पवन मुडभरी/ बौनिया,पौष,१- संयुक्त बाम गठबन्धनबाट कैलाली क्षेत्र नम्बर २ बाट विजयी झपट रावल,प्रदेश सभा सदस्य क र ख का नवनिर्वाचित सदस्य रतन थापा र नन्द बहादुर साउद (राजेन्द्र) यतिखेर गाउँगाँउमा पुगेर मतदातालाई धन्यवाद दिनमा व्यस्त रहनुभएको छ । एमालेका बैकल्पिक केन्द्रीय सदस्य समेत रहनुभएका नवनिर्वा्चित रावलले आफ्नो निर्वाचन क्षेत्रका गाउँमा पुगेर आफूलाई मतदान गरेर […]

कैलाली क्षेत्र नं. ३ मा हार बेहोर्नुको मुख्य कारण बाम गठबन्धन र कमजोर रणनीती भएको नेपाली काग्रेसको ठहर

पवन मुडभरी/ सुखड,पौष,१- कैलाली क्षेत्र नम्मर ३ नेपाली कांगे्रसवाट प्रदेश सभा उम्मेद्धार लक्ष्मण शाहीले कैलालीको क्षेत्र नम्मर ३ मा पराजय बेहोर्नुको मुख्य कारण बाम गठबन्धन भएको बताउनुभएको छ । आज कैलालीको सुखडमा पत्रकार सम्मेलन गर्दै वाहांले सो कुरा बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र नम्मर ३ प्रदेश सभा उम्मेद्धार लक्ष्मण शाहीले यो बिषम परिस्थितीमा […]

समानुपातिकको मतगणना सम्पन्न,राष्ट्रिय दलको मान्यता ५ पार्टीलाई

काठमाडौं, पुस,१- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि नेकपा एमालेले पहिलो बन्न सफल भएको छ । दुवै चुनावमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाउन सफल भएको हो । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख […]

कांग्रेस महासमिति बैठकको तयारी

काठमाडौं,पुस,१- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन् । संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन् । देउवानिकट नेता बालकृष्ण खाँणले शुक्रबार सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए। उनले भने, ‘समानुपातिकको […]

केन्द्रमा १५ मन्त्रालय प्रस्ताव

काठमाडौं,पुस,१- संघीय संरचना कार्यान्वयन हुँदा केन्द्रमा १५ वटा र प्रदेशमा बढीमा ७ वटा मन्त्रालय आवश्यक पर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाइएको छ । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना कार्यान्वयन समितिले मन्त्रालय संख्यामा ब्यापक कटौतिसहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको हो । संघीय प्रणालीमा गएपछि बजेट, अधिकार, स्रोत र जनशक्तिसमेत तल्लो तहमा विकेन्द्रित भएको अवस्थामा केन्द्रमा भएका […]

निर्वाचनमा १८ जना मन्त्री विजयी

काठमाडौं, पुस,१- वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल हुनुभएको हो । प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा ६३ सदस्य हुनुहुन्छ । प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा रहनुभएको थियो । यसमा दुई उपप्रधानसहित २४ […]