माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु

रोशन घर्ति दाङ,असोज,२३- नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनभित्र माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु भएको छ । गठबन्धनभित्र जारी औपचारिक तथा अनौपचारिक छलफलमा माओवादीलाई सरकारबाट हटाउने बारेमा छलफल भएपनि निर्णय अझै भइनसकेको काँग्रेस नेता रमेश लेखकले बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोगले आचारसंहिता लागु गरेको भए पनि विशेष राजनीतिक परिस्थिति निर्माण भएका कारण निर्णय […]

प्रहरी डिआईजी सिलवालको राजीनामा स्वीकृत

काठमान्डौं,असोज,२३- नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ। गृहमन्त्री जनार्दन शर्माले उहाँको राजीनामा स्वीकृत गर्नु भएको हो । राजीनामा दिएपछि पनि लामो समय स्वीकृत नगरी कारबाहीको तयारी गरेको भन्दै चर्को विरोध भएपछि असोज १९ को मिति राखेर गृह मन्त्री शर्माले सिलवालको राजीनामा स्वीकृत गर्नु भएको हो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजीनामा स्वीकृतिका […]

कांग्रेस र राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं,असोज,२३- नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले केहि बेरमा प्रधानमन्त्री निवासमा बस्दैछ । बैठकमा कांग्रेसले सरकार पुनःगठनका विषयमा थप छलफल गर्ने काँग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । यस्तै बैठकमा दलहरुले मागेका सिट संख्या, तालमेल रणनीति, सरकार पुनःगठनलगायतका सबै विषयमा छलफल हुने नेता लेखकले बताउनुभयो । उहाका अनुसार राप्रपालाई सरकारमा ल्याउने गरि गृहकार्य भइरहेको छ । […]

हाम्रा कुन नेताको पढाइ कति, डबल डिग्री देखि अन्डर एसएलसी सम्मका मन्त्री

काठमाण्डौं,असोज,२३- एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आमचासोको विषय हुने गरेको छ । डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेका वेला नपढेको नेताले देश चलाउँदा देश पछि परेको […]

आयल निगमका खड्कालाई निर्देशकबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,असोज,२२- सर्वोच्च अदालतले आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्कालाई प्रमुखबाट बर्खास्त  नगर्न आन्तरिम आदेश दिएको छ । पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले आज अन्तरिम आदेश दिएको हो । साथै खड्कालाई हटाउने मन्त्रिपरिषदको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिदै हटाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको हो […]

ओली प्रधानमन्त्री, दाहाल कार्यकारी राष्ट्रपति

काठमाण्डौं,असोज,२२- दशैं सुरुतिर नै पार्टी एकता प्रक्रिया अगाडि बढाउँदै आगामी चुनावमा तालमेल गर्ने सहमतीमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगिसकेका थिए। एमाले–माओवादी केन्द्रबीच मात्र होइन, वामपन्थी एकतामा नयाँशक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई समेत सामेल गर्ने सहमती अध्यक्ष दाहाल र नयाँशक्तिका संयोजक बाबुराम भट्टराईबीच फूलपाती (११ […]

दक्षिणपन्थी अवसरवादी गठबन्धनलाई वाम गठबन्धन भन्न सकिदैन् : वैद्य

पोखरा, असोज २२- नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन नभई सत्तामा जाने गठबन्धनमात्र भएको आरोप लगाउनु भएको छ । आज पोखरामा सो पार्टीको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले दक्षिणपन्थी अवसरवादी गठबन्धनलाई वाम गठबन्धन भन्न नसकिने बताउनु भएको हो  । वाम गठबन्धनका नाममा कलंक भएको भन्दै वैद्यले सच्चा क्रान्तिकारी […]

इपिजी को पाँचौँ बैठक नेपाल-भारत सीमा व्यवस्थापनमा केन्द्रित

काठमाडाैं,असाेज,२२- नेपाल-भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठकमा १९५० को सन्धि, सीमा व्यवस्थापन र नेपाल–भारत जलस्रोत सहकार्यका विषयमा छलफल भइरहेको छ । हिजोदेखि राजधानीमा सुरु भएको बैठकले नेपाल र भारतबीच भएका सबै सन्धि-सम्झौता पुनरावलोकन गरी सरकारलाई सुझाब दिने इपिजीको नेपालका सदस्य सूर्यनाथ उपाध्यायले जानकारी दिनुभयो । बैठकमा दुवैतर्फ मजबुत सुरक्षा उपस्थिति रहेको, तर आवतजावत गर्ने सर्वसाधारणको […]

लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदलको कुरो अझै मिलेन

काठमाडौं, असोज २२- लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदलले अझै आफ्नो निर्णय दिन सकेका छैनन् ।दुबै कार्यदलले आफू टुंगोमा पुग्न नसकेको विषय शीर्ष नेताको तहमै लैजाने भएका छन् । लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठकमा नेपाली कांग्रेसले बनाएको क्षेत्र निर्धारणसम्बन्धि प्रस्तावमा छलफल भइरहेको छ ।बैठकमा नेपाली कांग्रेसले पाउने क्षेत्र र अरु दलले पाउने क्षेत्रबारे अवधारणामा छलफल चलिरहेको […]

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारआज कांग्रेसमा प्रवेश गर्दै

काठमाण्डौ,असोज,२२- नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार आज आईतबार नेपाली कांग्रेसमा प्रवेश गर्नुहुवे भएको छ । पछिल्लो समय पार्टीभित्र वाम गठबन्धनमा सहभागी हुने कि लोकतान्त्रिक मोर्चामा सहभागी हुने भन्नेबारे व्यापक विवाद भैरहेको बेला अध्यक्ष गच्छदारले भने आज नै कांग्रेसमा पार्टीलाई विलय गराउने तयारी गरेको उनी निकट उच्च स्रोतले जानकारी दिएको छ । गच्छदारले स्थानीय तहको […]