टोकियो,जापान,२३-जापानको राजधानी टोकियो महानगरपालीकाको नयाँ (मेयर) गभर्नरका लागी आज आईतवार भएको मतदान सम्पन्न भएको छ। टोकियोका करिब १,८०० सय मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो।इजु आइल्याण्ड चेन जस्ता केही स्थानहरू बाहेक अन्य मतदान केन्द्रमा बेलुका ८ बजे सम्म मतदान गरिएको थियो। राजधानी टोकियो महानगरपालीकाको नयाँ गभर्नरका लागि कीर्तिमानी ५६ जना उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन्। […]
राजनीति
टोकियो मेयरको चुनाव आज हुदै,५६ जना प्रतिस्पर्धा गर्दै
टोकियो,जापान,असार,२३-टोकियो महानगरपालिकाको चुनाव आज भईरहेको छ। आज जुलाई ७ तारिख आईतवारका दिन टोकियो गभर्नरेटरी चुनावका लागी कीर्तिमानी ५६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन्। गभर्नर कोइकेको महानगरीय सरकारको व्यवस्थापन र घट्दो जन्मदर विरुद्धको उपायहरू जस्ता मुद्दाहरू ७ तारिखमा भएको थियो, र ७ गते बिहान ७ बजे मतदान सुरु भयो। निम्न व्यक्तिहरू अधिसूचनाको क्रममा, टोकियो गभर्नेटोरियल चुनावको […]
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं : वामदेव गौतम
काठमाडौं,असार,१९-राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभएको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताउनुभएको हो। सांसद गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभयो।उहाँले […]
एमालेका ८ जना मन्त्रीले बुझाए प्रधानमन्त्री सामु राजीनामा
टोकियो,असार,१९-नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन्।बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। राजीनामा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा […]
पूर्वाधार मन्त्री महासेठलाई मेयर बालेनको एक ट्रक फोहोर उपहार
काठमाडौं,जेठ,१३-काठमाडौं महानगरपालिकाले सडक डिभिजन मिनभवन काठमाण्डौं कार्यालयको गेटमा उपहार स्वरुप फोहोर फालिए दिएको छ। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाउनु भएको थियो। महानगरले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि धुलो खन्याएको थियो । विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड […]
सन्दीप लामिछाने निर्दोष सावित, विश्वकप खेल्न जाने
काठमाडौं,जेठ,२-नेपाली क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्। आज बुधबार पाटन उच्च अदालतले सन्दीपलाई निर्दोष सावित गर्दै सफाइ दिएको हो।उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको ईजलासले काठमाडौ जिल्ला अदालतको फैसला बदर गर्दै सन्दीपलाई निर्दोष ठहर गरेको हो। उच्च अदालतको यो फैसलासँगै सन्दीप फेरि क्रिकेटमा फर्किने बाटो खुलेको छ।गत पुष १३ […]
आज राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने
काठमाडौं,चैत,१-राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज विरोध प्रदर्शन गर्ने भएको छ। बिहीबार राप्रपाले भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टचारीलाई कानूनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो। आन्दोलनको कार्यक्रम भद्रकाली परिसरमा मध्यान्ह १२ बजेबाट शुरु हुनेछ।कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको पनि उपस्थिति हुने जनाइएको छ।ईमेजखबरबाट
एमाले धादिङको अधिवेशनमा कुटाकुट,एकजनाको हातै भाच्चीयो
काठमाडौं,माघ,२१-नेकपा एमाले जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ।कुटाकुटबाट पार्टीका एक जना कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ। जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको हो।त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हात हालाहाल भएको थियो। एमाले धादिङ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको […]
नेपाल र भारत सरकारबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर
काठमाडौं,पुल,१९-नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ।बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको हो। प्रधानमन्त्री पुष्पकमल […]
कोरिया रोजाइको श्रम गन्तव्य, प्रभावकारी सहजीरकण नहुँदा बारम्बार समस्या
काठमाडौं,पुष,१८-सन् २००८ मा सरकारी तवरमा श्रम सम्झौता भएसँगै नेपालीहरुका लागि कोरिया वैदेशिक रोजगारीका लागि महत्वपूर्ण गन्तव्य बन्दै आएको छ। मुलुकमा रोजगारी नपाएका युवाका लागि दुःख भएपनि आकर्षक तलवका कारण कोरिया प्रमुख रोजाइमा पर्ने गरेको हो।यसैका लागि फारम भर्ने विषयमा गत शुक्रबार झडप हुँदा अनाहकमा निर्दोष दुई युवाको ज्यान गयो।यसको मूल जड के थियो त ? […]