एमालेको ध्यान सत्तातिर छैन : अध्यक्ष ओली

काठमाडौं,भदौ,९-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ। शुक्रबार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो। देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई […]

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

काठमाडौं,भाद्र,४-प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। सोमबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित गरेको थियो।

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं,साउन,३२-आज बिहिवार तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा माननीय कृषि तथा पशुपंछी विकास मन्त्री, मन्त्रालयका सचिव लगायतका पदाधिकारीसँग समितिमा छलफल गर्ने कार्यसूचि छ। यसैगरी बिहान ११ बजे बस्ने दिगो […]

फाईल तस्विरमा : एनआरएनए आइसिसि सचिवका उम्मेदवार : टंक प्रसाद गैरे !!

जापानका टंक प्रसाद गैरेले एनआरएनए आइसिसि सचिवमा उम्मेदवारी दिने

टोकियो,जापान,साउन,३२-गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए आइसिसि सहकोषाध्यक्ष टंक प्रसाद गैरेले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका गैरे गैर आवासीय नेपाली संघ जापानको २०११ मा प्रवेश गर्दै आई सि सि सदस्य हुँदै अहिले केन्द्रको सहकोषाध्यक्षमा बसेर काम […]

एनआरएनए आइसीसी युवा संयोजकमा सुपेन्द्र घिसीङले उम्मेदवारी दिने

टोकियो,जापान,साउन,३२-गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा सुपेन्द्र घिसिङले उम्मेदवारी दिनु हुने भएको छ। आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) मा काठमाडौंमा हुने गैरआवासीय नेपाली ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।उहाँले एक औपचारिक कार्यक्रममार्फत […]

सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं,साउन,३१-सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप चार जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न रहेको देखिएपछि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बुधबार म्याद थप गरिएको प्रहरीले जनाएको छ । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने चिनियाँ नागरिक ली नेङ्गकाय, वीन तङ, तियान […]

संसद बैठक स्थगित बारे कुन दलका नेताले के के भने ?

काठमाडौं,साउन,३०-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरिएको बताउनुभएको छ। सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरिएको बताउनुभएको हो। उहाँले बन्द कोठामा बनाइएको योजना अनुरुप संसद बैठक चलाइएको बताउनुभयो।उहाँले संसद बैठकको यसप्रकारको क्रियाकलापको रास्वपाले घोर भत्र्सना गर्ने बताउनुभयो। सभामुखले संसदको नियमित प्रक्रियाभन्दा […]

गठबन्धन बैठक : सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने निर्णय

काठमाडौ,साउन,३०-सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो। उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पुर्‍याउनु भएको गठबन्धनको ठहर रहेको […]

सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह

काठमाडौं,साउन,२३-गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन प्रकरणको अनुसन्धान सिआइबिलाई गर्न दिन आग्रह गर्नुभएको हो।उहाँले संगठित अपराधमा अनुसन्धान गर्न ६० दिन समय हुने र अब सिआइबिले अनुसन्धानका लागि ३५ दिन पाउने उल्लेख गर्दै ३५ दिनमा […]

ललिता निवास प्रकरण : तत्कालिन मन्त्रिपरिषद्का पदाधिकारीमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

काठमाडौं,साउन,२२-सर्वोच्च अदालतले ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने गरी भएका निर्णयमा संलग्न मन्त्रिपरिषदका पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आइतबार ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मन्त्रिपरिषदबाट भएका निर्णयमा समेत संलग्नलाई अनुसन्धान गर्न आदेश दिएको हो। सर्वोच्चको यो आदेशसँगै ललिता निवासको सरकारी जग्गा […]