काठमाडौं,मंसिर,२८-नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि प्रकाशमान सिंह र विमलेन्द्र निधीले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने हुनुभएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार देउवा,सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा सभापतिका लागि निर्वाचन हुन लागेको हो ।कसैको पनि बहुमत नआएपछि देउवा सिंहसँग […]
राजनीति
पुँजी बजारबारे पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण
काठमाण्डौं,मंसिर,२८-अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै ‘धितोपत्र […]
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै
काठमाडौं,मंसिर,२८-नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक अहिले केहि बेरमा बस्दैछ । सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदान गर्नु पर्ने भएपछि समितिको बैठक बस्न लागेको हो । बैठकमा अब सभापति पदका लागि कति बजेदेखि मतदान गर्ने हो सो विषयमा छलफल हुने समितिका सदस्य एकराज पोखरेलले जानकारी दिनु भएको […]
सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने, देउवा र कोइरालाबीच भिडन्त हुने
काठमाडौं,मंसिर,२८-नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अन्तिम मत परिणाम अनुसार सभापति पदका उम्मेदवार प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले २ हजार २ सय ५८ […]
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
काठमाडौं,मंसिर,२७-नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज बिहान ८ बजे सुरु हुने मतदानका लागि तीन वटा मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभयो । ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ […]
प्रधानमन्त्री देउवा प्यानलबाट विजय सुरुवात, दुई केन्द्रीय सदस्य निर्विरोध
काठमाण्डौं,मंसिर,२६-नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि शनिबार उम्म्मेदवारी दर्ता गरेका कतिपयले आज आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन सुरु गरेका छन्। कांग्रेसको केन्द्रीय निर्वाचिन समितिका अनुसार यस क्रममा प्रदेश २ बाट खुलातर्फ दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रदेश २ बाट ३ जनाको उम्मेदवारी परेकामा जंगीलाल यादवले फिर्ता लिएपछि २ जना निर्विरोध भएको निर्वाचन समितिका सचिव […]
माओवादी केन्द्रले ९ प्रदेशको नेतृत्व आज चयन गर्दै
काठमाडौं,मंसिर,२६-नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलनअन्तर्गत ९ प्रदेशमा आज नयाँ नेतृत्व चयन हुँदैछ । ७ भौगोलिक र २ गैर भौगोलिक गरी ९ प्रदेशमा हिजो एकैसाथ उद्घाटन भएको सम्मेलनले नयाँ कार्यसमिति चयन हुने भएको हो । माओवादी केन्द्रले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रवासबाहेक नौ प्रदेशको […]
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदै
काठमाडौं,मंसिर,२४-नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नु हुनेछ । महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार ४ सय प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । यिनै प्रतिनिधिले आगामी ५ वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्न […]
महाधिवेशनको संघारमा कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं,मंसिर,२३-नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान साँढे ११ बजे बस्ने गरि बैठक आव्हान गरिएको हो । भोलिदखि काठमाडौंमा हुने पार्टीको १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ । कांग्रेसमा सहमहामन्त्री थप गर्नेबारे पनि आज छलफल हुन सक्ने एक नेताले बताएका […]
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, महामन्त्रीमा पराजय भए रेखा थापा
काठमाडौं,मंसिर,१८-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । राप्रपा महाधिवेशनका क्रममा शनिबार भएको मतदानको आज विहाज सकिएको मतपरिणाम अनुसार लिङ्देन अध्यक्षमा विजयी हुनु भएको हो । अन्तिम मत परिणाममा लिङ्देनले थापालाई दुई सय मतले पराजित गर्नुभयो । कुल ३ हजार ८ सय ७३ मत खसेकोमा लिङ्देनले १८ […]






