काठमाडौं,मंसिर,१८-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न आज बिहान आठ बजेदेखि मतदान सुरु भएको हो । राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन भइरहेको छ । अध्यक्षका लागि मतपत्रबाट मतदान हुनेछ भने पदाधिकारी र केन्द्रीय […]
राजनीति
राप्रपा महाधिवेशनमा आज चुनावी प्रक्रिया शुरु हुदै
काठमाडौं,मंसिर,१६-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा आजदेखि चुनावी प्रक्रिया शुरु हुदैछ । नयाँ नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । तर मतदाता नामावली प्रकाशनमा गरिएको ढिलाईले समग्र निर्वाचन प्रक्रिया प्रभावित हुने भएको छ । हिजो साँझसम्म प्रकाशित गरिसक्नुपर्ने मतदाता […]
राप्रपाको महाधिवेशन आजबाट : अध्यक्ष पदका लागी कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने
काठमाडौं,मंसिर,१५-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । पूर्वपञ्चहरुको तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक हुन लागेकोले यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको हो । महाधिवेनशको उद्घाटन समारोह आज दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन् । […]
७० वर्षे केपी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित
काठमाडौं,मंसिर,१४-नेकपा (एमाले)को १०औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ८ मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले २ सय २३ मत पाउनुभएको छ ।मतगणना जारी रहेकाले दुवैको केही मत बढ्न सक्ने निर्वाचन समितिका एक सदस्यले […]
एमाले महाधिवेशन: दुई दिन लम्बिदा नौ करोड रुपैयाँ खर्च
काठमाडौं,मंसिर,१४-चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भएको हो । उहाँकाअनुसार सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिँदा नौ करोड खर्च भएको हो । दुई दिन महाधिवेशन लम्बिनु अप्रत्यासित नै […]
अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा निर्वाचन हुँदै
काठमाडौं,मंसिर,१३-चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा निर्वाचन हुन लागेको छ । अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीमा नअटाएकामध्ये अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि एमाले निर्वाचनमा होमिन लागेको […]
कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त
काठमाडौं,मंसिर,१२-नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ । यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो । यादवको राजीनामा स्वीकृत गर्दै उहाँले संयोजक रहेर गरेको भूमिकाप्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद समेत दिनु भएको छ । वरिष्ठ अधिवक्ता समेत रहनुभएका घिमिरे यसअघि […]
एमाले १० औं महाधिवेशनको बन्दसत्र आजदेखि सुरु, निर्वाचनका लागि ८ बुँदे आचारसंहिता तयार
काठमाडौं,मंसिर,११-नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा हिजो उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । विहान १० बजे बन्दसत्र उद्घाटन हुने एमाले प्रचार विभागले जनाएको छ । एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् । बन्दसत्रमा आउने […]
कांग्रेसले महाधिवेशन औपचारिक रूपमा सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थाल्ने
काठमाडौं,मंसिर,११-नेपाली कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने भएको छ । यही मंसिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया २१ गतेबाट नै सुरु गरिनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने जानकारी दिनुभयो । निर्वाचन […]
माओवादीले आज सबै स्थानीय तहको अधिवेशन गर्दै , प्रचण्डले दिउँसो भुर्चअल सम्बोधन गर्ने
काठमाडौं,मंसिर,११-नेकपा माओवादी केन्द्रले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहालले आज भर्चुअल सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दिउँसो १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्ने उहाँको सचिवालयले […]



