काठमाडौं,असोज,९-गृहमन्त्री रामबहादुर थापा दार्चुला जानु भएको छ।सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा त्यसतर्फ जानु भएको हो । दार्चुलाको छाङ्गरुमा १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन शिलान्यासका लागि उहाँ त्यसतर्फ जानु भएको हो । गृहमन्त्री थापासँगै गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनालसहित ११ सदस्यीय […]
राजनीति
सरकारको काम प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपा सचिवालयको निर्णय
काठमाडौं,असोज,६-सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जतिसक्दो छिटो मन्त्रिमण्डल पुनर्गठन गरी सरकारलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने स्थायी समितिको सर्वसम्मत निर्णय अनुसार नै सचिवालयले पनि निर्णय गरेको बताउनुभयो। ‘मन्त्रिमण्डल पुनर्गठनबारे मुख्यतः प्रधानमन्त्रीले सोँच्नुपर्छ। यसबारे स्थायी समितिको सर्वसम्मत् निर्णय र अहिले सचिवालयको निर्णय पनि […]
विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न राष्ट्रसंघलाई सुदृढ र सशक्त बनाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौं,असोज,६-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताउनुभएको छ । राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ मार्फत सम्बोधन गर्दै उहाँले उक्त विश्व संस्था निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको बताउनुभयो । राष्ट्रसंघ […]
नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने
काठमाडौं,असोज,५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको पार्टी उपाध्यक्ष तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले ट्वीट गर्दै पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने तय भएको बैठक भोलि मध्यान्ह १२.३० बजे बालुवाटारमा बस्ने तय भएको उल्लेख गर्नुभएको […]
जनवर्गीय संगठनका नेताहरुसँग कमल थापाले भने- ‘राप्रपा उठ्छ, उठाउँछौं’
काठमाडौं,असोज,४-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रुपमा उठाएरै छाड्ने दृढता व्यक्त गरेका छन् । आज पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरुसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गरे । पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता […]
नेकपा सचिवालय बैठक आज, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ मध्य एक मन्त्री बन्ने
काठमाडौं,असोज,४-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक आज (आइतबार) बस्दै छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा अहिले बिहान ११ बजे बैठक सुरु गर्ने तयारी रहेको नेकपा नेताहरूले जानकारी दिएका छन्। यसअघि असोज २ मै बस्ने भनिएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीको व्यवस्तताका कारण आजका लागि सारिएको हाे। सचिवालय बैठकले केन्द्र तथा प्रदेशका […]
लोकतन्त्र मर्यादित र अनुशासित प्रणाली हो : प्रधानमन्त्री ओली
काठमाडौं,असोज,३-प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, निरङकुशतन्त्रको विकल्प र विधिको शासन भएको बताउनु भएको छ । शनिवार सैनिकमञ्च, टुँडिखेलबाट संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उहाँले लोकतन्त्र निरङकुशतन्त्रको विकल्प हो भन्दै लोकतन्त्र विधिको शासन भएकाले मर्यादित र अनुशासित प्रणाली भएको बताउनु भएको हो । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउँछन्, पाउनु पनि पर्छ भन्दै […]
आज संविधान दिवस मनाईदै, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्ने
काठमाडौं,असोज,३-आज असोज ३ गते, गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै संविधान दिवस मनाइँदै छ। यस अवसरमा अहिले बिहान १० बजेतिर टुँडिखेलस्थित सैनिक मञ्चमा सरकारले विशेष कार्यक्रम आयोजना गर्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उहाॅंका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीका अलावा […]
भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री
बुटवल,असोज,२-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल,रुपन्देहीले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिनुभयो । खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा […]
निवर्तमान अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त
काठमाडौं,भदौ,३०-सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रिस्तरीय सुविधा पाउनेगरी प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री तथा सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । डा. खतिवडाको थपिएको अर्थमन्त्रीको कार्यकाल पनि गत भदौ २० गते सकिएपछि उहाॅं अर्थ मन्त्रालयबाट बिदा हुनुभएको थियो। उहाॅंलाई राष्ट्रिय […]


