भैरहवा,असोज,१९-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जसपाका केहि सांसदहरुले प्रदेश नम्बर-५ को प्रदेशसभा बैठकमा तोडफोड गरेका छन । प्रदेश-५को स्थायी राजधानीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले सोमबार प्रदेशसभा हलको कुर्सी र माइक तोडफोड गरेका हुन् । प्रदेशसभाको सोमबार दोस्रोपटक बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका […]
राजनीति
डा.गोविन्द केसीसँग तत्काल वार्ता थाल्न प्रधानमन्त्री ओलीलाई कांग्रेसको अपिल
काठमाडौं,असोज,१८-नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न अपिल गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई डा. केसीको जीवन रक्षाका लागि पहल थाल्न अपिल गर्नुभएको हो । आइतबार प्रेस विज्ञिप्त जारी गर्दै सभापति देउवाले वार्ताका माध्यमबाट डा. केसीका माग […]
सुदुरपश्चिमका ३ विमानस्थलको पर्यटन मन्त्री भट्टराईद्धारा निरिक्षण
डोटी,असोज,१७-पर्यटन मन्त्री योगेश भट्टराईले शनीबार सुदुरपश्चिम प्रदेशका ३ वटा विमानस्थलको निरिक्षण गर्नु भएको छ । लामो समय देखि बन्द रहदै आएका तिन विमानस्थलको निरिक्षणका क्रममा डोटीको दिपायल विमानस्थल पुग्नु भएका मन्त्री भट्टराईले संक्षिप्त कुराकानी गर्दै “भन्नुभयो” डोटीबाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननीय प्रेम आले मगर विकासको पर्यावाची नाम भएको बताउनुभयो । उहाॅंले “भन्नुभयो” दिपायल विमानस्थल स्तरउन्नतीको […]
डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं,असोज,१७-चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ । अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जीवनरक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनशनको २० दिन पुग्दासमेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम नचालेको प्रदर्शनमा सहभागी युवाहरुले आरोप लगाएका छन् । भदौ […]
प्रदेश ५ को राजधानी दाङको भालुवाङ सार्ने भएपछि बुटवलमा सुरु भयो विरोध प्रदर्शन
काठमाडौं,असोज,१६-प्रदेश ५को स्थायी राजधानी दाङको भालुवाङ गर्ने प्रस्ताव गरेपछि बुटवलमा बिरोध प्रदर्शन सुरु भएको छ। हाल सो प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमै रहेको छ।आजै प्रदेश सरकारले सो प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ। प्रदेश राजधानी दाङ सार्ने निर्णय सार्वजनिक भएलगत्तै बुटवलमा बिरोध प्रदर्शन सुरु भएको […]
आठ प्रयोगशालालाई २४ घण्टे चेतावनी, शुल्क नघटाए अनुमति खारेज गरिने
काठमाडौं,असोज,१४-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्दा तोकिएको शुल्कभन्दा बढी लिने ८ प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको छ। शुल्क नघटाए उनीहरुको अनुमति खारेज गरिने सरकारले चेतावनी दिएको छ। स्वास्थ मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार ८ प्रयोगशालाले बढी शुल्क लिएको पाइएकाले आज एकदिनलाई चेतावनी दिने र २४ घण्टाभित्र शुल्क नघटाए […]
मन्त्रिपरिषद हेरफेरबारे नेकपा अध्यक्षद्वयबीच फेरि छलफल, भागवण्डा मिलाउन कसरत
काठमाडौं,असोज,१३-प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमै कुराकानी भइरहेको बताइएको छ । नेकपाका उपाध्यक्ष बामदेव गौतमको विषयमा नेकपाका अध्यक्षद्वयबीच सहमति नहुँदा मन्त्रिपरिषद सदस्यको हेरफेरबारे निर्णय हुन सकेको छैन । अध्यक्ष ओलीले गौतमलाई […]
‘रेल्वे सेवाको नाम ‘नेपाल रेल्वे’ राख्नुपर्छ’
काठमाडौं,असोज,९-राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि दफावार छलफल सुरु गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा रेल्वेको विकास, विस्तार गरी सुरक्षित, नियमित, भरपर्दो, स्तरीय र प्रभावकारीसँगसँगै गुणस्तरीय सेवा सञ्चालन गर्ने विषयलाईसमेत राख्नुपर्ने बताएका छन् । अहिले प्रस्तावित विधेयकमा गुणस्तरीय शब्द राखिएको छैन । सांसदहरुले नेपाल […]
सीमा अनुगमन गर्न गृहमन्त्रीको टोली दार्चुलामा, सशस्त्रको गुल्म शिलान्यास पनि गर्ने
काठमाडौं,असोज,९-गृहमन्त्री रामबहादुर थापा दार्चुला जानु भएको छ।सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा त्यसतर्फ जानु भएको हो । दार्चुलाको छाङ्गरुमा १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन शिलान्यासका लागि उहाँ त्यसतर्फ जानु भएको हो । गृहमन्त्री थापासँगै गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनालसहित ११ सदस्यीय […]
सरकारको काम प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपा सचिवालयको निर्णय
काठमाडौं,असोज,६-सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जतिसक्दो छिटो मन्त्रिमण्डल पुनर्गठन गरी सरकारलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने स्थायी समितिको सर्वसम्मत निर्णय अनुसार नै सचिवालयले पनि निर्णय गरेको बताउनुभयो। ‘मन्त्रिमण्डल पुनर्गठनबारे मुख्यतः प्रधानमन्त्रीले सोँच्नुपर्छ। यसबारे स्थायी समितिको सर्वसम्मत् निर्णय र अहिले सचिवालयको निर्णय पनि […]



