काठमाडौं,साउन,२६-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुने बताउनु भएको छ ।त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको वेबिनारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको बताउनुभयो । तर, सम्भाव्यता अध्ययन कहिलेबाट सुरु हुने भन्ने उहाॅंले खुलाउनु भएन।नेपालले कनेक्टिभीलाई विविधीकरण गर्ने नीति लिएको उहाॅंले बताउनुभयो । ‘भूपरिवेष्ठित देशका लागि कनेक्टिभिटी महत्वपूर्ण हुन्छ। कनेक्टिभिटीलाई विविधीकरण गर्ने सरकारको […]
राजनीति
सरकार बिचौलियाको कठपुतली बन्यो : कांग्रेस
काठमाडौं,साउन,२६-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको कठपुतली बनेको आरोप लगाएको छ । कोरोना संक्रमणको समयमा भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहन दिएको सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेर आफ्नो नांगो रुप देखाएको कांग्रेसको ठहर छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कोभिड–१९ अनुगमन समितिले गरेको पत्रकार सम्मेलनमा पार्टी […]
असन्तुष्ट पक्षको विरोधकै बीच देउवाले गरे कांग्रेसको विभागहरुमा मनोनयन
काठमाडौं,साउन २६-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा आफूसँग असन्तुष्ट रहेका पक्षको विरोधलाई बेवास्ता गर्दै विभागहरुमा मनोनयन गर्नुभएको छ । देउवाले पार्टीका थप १० विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गर्नुभएको हो । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रामचन्द्र पौडेल […]
रामपुर विद्यालयको समन्वय समिती संयोजकमा भरत कुॅंवर चयन
बुडर,डोटी,साउन,२५-डोटी जिल्लाको जोरायल गाॅंउपालीका २ छतिवनमा रहेको श्री रामपुर नमुना माध्यामिक विद्यालयको समन्वय समिती संयोजकमा भरत कुॅंवर चयन हुनु भएको छ । गएको मंगलबार विद्यालयको व्यवस्थापन समितीको बैठकले शिक्षा बिटमा काम गर्न इच्छुक युवा एवं उर्जावान व्यक्ती कुॅंवरलाई निर्बिरोध चयन गरेको हो । समितीले कुॅंवरको संयोजकमा ७ जना पदाधिकारी चयन गरेको छ ।समितीले चयन गरेको पदाधिकारीहरुमा समन्वय समितीको संयोजकमा भरत कुंवर यस्तै सदस्यहरुमा […]
चौथो पटक श्रीलंकाको प्रधानमन्त्रीमा महिन्दा राजपक्षले लिए शपथ
एजेन्सी,साउन,२५-श्रीलंका पीपुल्स पार्टी (एसएलपीपी) नेता महिन्दा राजपक्ष चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको छ । श्रीलंकाको नवौं संसदको लागि उत्तरी कोलम्बोको उपनगर केलानियास्थित ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा विहार’ मा आयोजित शपथ ग्रहण समारोहमा ७४ वर्षीय नेता राजपक्षले चौथो पटक देशको प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । उहाँलाई आफ्ना भाई एवं श्रीलंकाली राष्ट्रपति गोटाभाया राजपक्षले पद तथा […]
राजासहितको प्रजातन्त्र नै उत्तम व्यवस्था : कमल थापा
काठमाण्डौ,साउन,२२-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजा सहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दावी गर्नुभएको छ । बिहिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले राप्रपा निरकुंश राजसंस्थाको पक्षमा नभई चुनाव र पार्टीभन्दा माथि उठेको साझा संस्थाको रुपमा अभिभावकिय भूमिका रहने […]
‘तत्काल देशभर ‘लकडाउन’ हुँदैन’ मन्त्री : खतिवडा
काठमाडौं,साउन,२२-अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पार्नुभएको छ ।सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. खतिवडाले बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताउनुभएको हो । उहाँले त्रसित भएर पूर्णरुपमा यसअघिजस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैलेपनि नबनाउन आग्रह गर्नुभयो ।मन्त्री डा. खतिवडाले अहिलेपनि […]
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड बिच ठोस सहमतिका लागि छलफल चल्दै
काठमाडौं,साउन,१९-नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सोमबार बिहानै बालुवाटारमा छलफलमा जुटेका छन्।आइतबारको बैठकमा कुनै सहमति नभएपछि फेरी छलफलमा जुटेका हुन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्। बिहान सवा ९ बजेदेखि जारी छलफल महिना दिनभन्दा बढी समयदेखि पार्टीभित्र भइरहेकाे गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ। ‘उहाँहरु छलफलमा हुनुहुन्छ,’ […]
‘इनफ इज इनफ’का युवा प्रहरीको नियन्त्रणमा
काठमाडौं,साउन,१७-‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ । सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसअघि, शुक्रबार पनि निषेधित क्षेत्र तोड्दै सरकारको विरोधमा प्रदर्शन गर्न पुगेका युवाहरुलाई टंगालस्थित भाटभटेनी मन्दिरबाट नियन्त्रणमा लिएको थियो ।प्रहरीले बालुवाटार आसपास क्षेत्रमा धर्ना, जुलुस गर्न निषेध […]
पार्टीको एकता माथिल्लो स्तरमा सुदृढ गर्नुपर्छः प्रचण्ड
काठमाडौं,साउन,१७-सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता अझै माथिल्लो स्तरमा सुदृढ गर्नु पर्ने बताउनु भएको छ । नेकपाका पुराना नेता तुल्सीलाल अमात्यको स्मृति सभालाई सम्बोधन गर्दै शनिबार बिहान ललितपुरमा अध्यक्ष प्रचण्डले भन्नुभयो ‘आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने छ, त्यो चाहनालाई कदर गर्दै हामी पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नेछौं।’ […]



