जापानमा भिसा र पीआर शुल्कमा भारी वृद्धि, नयाँ शुल्क आजदेखि लागू

टोकियो,असोज,१५-जापान सरकारले विदेशी नागरिकको बसोबाससम्बन्धी विभिन्न प्रक्रियामा लाग्ने शुल्कमा उल्लेख्य वृद्धि गरेको छ।नयाँ शुल्क संरचना आज अक्टोबर १, २०२६ (बिहीबार) देखि लागू भएको हो। जापानको अध्यागमन सेवा एजेन्सी (ISA) का अनुसार, बसोबासको हैसियत परिवर्तन (Change of Status) वा बसोबास अवधि नवीकरण (Extension of Period of Stay) गर्दा अब स्वीकृत हुने बसोबास अवधिका आधारमा फरक-फरक शुल्क […]

इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यौ

काठमाण्डौं,असोज,९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ्न सक्ने चिन्ता पनि बढेको छ।यसको असर विभिन्न देशका सेयर बजारमा समेत परेको छ।इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा सातदिने युद्धविरामको प्रस्ताव अघि सारेको थियो। उक्त प्रस्ताव कार्यान्वयन भए होर्मुज […]

जापानमा क्षत्री समाजद्वारा घटस्थापना तथा क्षत्री दिवस विशेष कार्यक्रम आयोजना हुँदै

टोकियो,असोज,९-नेपालीहरूको महान् पर्व बडादसैँको शुभारम्भ अर्थात् घटस्थापना तथा क्षत्री दिवसको अवसरमा क्षत्री समाज नेपाल जापान शाखाले विशेष भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव, भाइचारा तथा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। समाजका अनुसार कार्यक्रम […]

रसुवा बाढीपीडितका लागि नेपाल मगर संघ जापानद्वारा ३ लाख ५० हजार रुपैयाँ राहत सहयोग

टोकियो,भदौ,२९-नेपाल-चीन सीमावर्ती तिब्बत क्षेत्रबाट रसुवा जिल्लाको ल्हेन्देखोला तथा भोटेकोशी क्षेत्रमा भदौ १० गते बुधबार बिहान आएको विध्वंशक बाढीले व्यापक जनधनको क्षति भएको छ। बाढीले रसुवाको टिमुरे बजार, नुवाकोटको स्याफ्रुबेसी, बेत्रावती र त्रिशूलीका बजार तहसनहस गरेको थियो। उक्त बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियान अहिले देश तथा विदेशमा तीव्र रुपमा चलिरहेको छ। […]

तीजको रमझम रोक्दै बोहोराफाँट समाज जापान द्धारा बाढीपीडित लाई ६ लाख ६० हजार येन सहयोग

टोकियो,भदौ,१६-जापानमा क्रियाशिल रहेको बोहोराफाँट समाज जापानले नेपालमा आएको विनाशकारी बाढी-पहिरोबाट प्रभावित पीडित परिवारको पीडामा साथ दिन सहयोग तथा पुनःस्थापनाका लागि ६ लाख ६० हजार येन आर्थिक सहयोग हस्तान्तरण गरेको छ। समाजले यस वर्ष आयोजना गर्न लागेको तीज विशेष दर खाने कार्यक्रम रद्द गरी राहत स्वरुप आर्थीक सहयोग गरेको हो। नेपालमा बाढी-पहिरोले ठूलो धनजनको क्षति पुर्‍याएको […]

बिहानी एफसीको आयोजनामा पहिलो मिनी फुटसल प्रतियोगिता हुदैँ

टोकियो,साउन,२४-जापानको टोकियोमा मिनी फुटसल प्रतियोगीता हुने भएको छ। बिहानी एफसीको आयोजनामा यहि अगष्ट २१ गते शुक्रबारका दिन टोकियो स्थित सिन्जुकुमा रहेको सिन्जुकु सेन्ट्रल पार्क फुटसल मैदानमा मा पहिलो पटक मिनी फुटसल प्रतियोगिताको आयोजना हुँदैछ। उक्त प्रतियोगिता बेलुकि ४ बजेर ४५ मिनेट बजे देखि बेलुकिको ८ बजेसम्म सञ्चालन हुने आयोजक टिमले जनाएको छ। प्रतियोगितामा सहभागी हुने […]

जापानमा खाद्यवस्तुको उपभोग कर दुई वर्षका लागि १ प्रतिशतमा झार्ने सरकारको निर्णय

टोकियो,साउन,४-जापान सरकारले आगामी वर्षको अप्रिल महिनादेखि लागू हुने गरी खाद्यवस्तुमा लाग्ने उपभोग कर दुई वर्षका लागि १ प्रतिशतमा झार्ने आधारभूत नीति अनुमोदन गरेको छ। सरकारले अगस्ट ५ गते बुधबारका दिनमा बसेको विशेष मन्त्रिपरिषद् बैठकबाट उक्त नीति पारित गरेको हो।यस नीतिमा कर कटौतीसँगै आगामी दिनमा लागू गरिने कर छुट तथा राहत कार्यक्रमको कार्यान्वयन प्रक्रिया पनि समेटिएको […]

फुकुओकामा आज देखि दुई दिने १३ औँ नेपाल फेस्टिवल सुरु

टोकियो,वैशाख,५-फुकुओकामा दुई दिने १३ औँ नेपाल फेस्टिवल आज देखि सुरु भएको छ। यो फेस्टिवल फुकुओका स्थित तेन्जिन सेन्ट्रल पार्कमा आज अप्रिल १८ तारिख शनिबार र भोली अप्रिल १९ तारिख आईतबार सम्म हुने क्यूसु एनआरएनए जापानले जनाएको छ। यस फेस्टिवल गर्नुको मुख्य उद्देश्य जापानीज समुदाय माझ नेपाली समुदायको कला, संस्कृति, परम्परा, स्वादिष्ट नेपाली परिकार तथा पर्यटन […]

नेपाल मगर संघ जापाननले यस वर्ष पनि भुम्या पर्व मनाउदै

टोकियो,चैत्र,२६-नेपाल मगर संघ केन्द्रिय समिति जापानले भुम्या पर्व मनाउने भएको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि भुम्या पर्व संगै बाबिक्यू (BBQ) वनभोज कार्यक्रमगरि मनाउन लागेको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्या पर्वमा भूमिलाई देवताको रुपमा पूजा गर्ने गरीन्छ।भूमिको पूजाले प्राकृतिक विपत्तिबाट बचिने जनविश्वास रहेको हुनाले पुर्खौ देखी […]

टोकियोमा हजारौं दर्शकमाझ गुञ्जीयो नेपथ्य

टोकियो,मंसिर,२-जापानको राजधानी टोकियोमा चर्चित लोकरक ब्याण्ड नेपथ्यले सांगीतिक कन्सर्ट गरेको छ। हजारौंको संख्यामा उपस्थित दर्शकलाई नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत मनोरञ्जन प्रदान गरेका हुन्। मंगलबार बेलुकी टोकियो स्थित टोकियो डमको तोयोसु पिट हलमा दुईवटा म्युजिक भिडियो र १६ वटा गीत गाएर दुई घन्टा भन्दा बढी अवधि प्रस्तुति दिएका थिए। कन्सर्टको सुरुवातमा नै ‘घिनिनिनि, तिनिनिनि, तिनिनिनि ,घिनिनिनि’ […]