सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

काठमाडौं,माघ,१६-  विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरेर आज श्रीपञ्चमी पर्व मनाइँदैछ। श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ। आज देशभरीका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने धार्मीक विश्वास छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ। […]

विद्यालय पुनर्निर्माणपछि लक्ष्मी माविका विद्यार्थी फुरुंग, नयाँ भवनले बिर्सायो भूकम्प

गोरखा,माघ,१३-विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर । पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै पुरिए भूकम्पमा । पानी पर्दा हिलो घामलागे धूलो, बाहिर निस्केर खेल्ने ठाउँमा ढुंगा र बालुवाको पहाड। ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा यस्तै नियतिका साथ […]

स्कूल बन्यो अब पढाइ बनाउनुस- पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं,पुस,१८- भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् ।भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । ​एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा २ वर्षमा […]

तयारी विनाको अंग्रेजी माध्यमले विद्यार्थीको सिर्जनशीलता मार्यो

भक्तपुर,पुस,१६- पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नरहेका कारण सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमः आवश्यकता कि बाध्यता’ विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् […]

विद्यालय पुनर्निर्माणमा काठमाडौं पहिलो, तीन दिनमा ९ विद्यालयले पाए नयाँ भवन

काठमाडौं,पुस,१३- केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा)का आयोजना प्रमुख चुडामणि पौडेलले भूकम्प प्रभावित ७५ सय विद्यालय मध्ये ५५ सय विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको बताएका छन् । उनले विद्यालय पुनर्निर्माणमा हालसम्म ७५ करोड खर्च भइसकेको जानकारी दिए ।पौडेलका अनुसार भूकम्प प्रभावित ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । काठमाडौं चन्द्रागिरी स्थित कंकाली माविको नयाँ भवन हस्तान्तरणको कार्यक्रममा […]

एकैदिन काठमाडौंका तीन विद्यालयलाई नयाँ भवन

काठमाण्डौं,पुस,१२- काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । शुक्रवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । विहिवार पनि तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको थियो । शुक्रवार एकै दिन धर्म विद्याश्रम आधारभूत विद्यालय तारकेश्वर, आत्म विकास आधारभूत विद्यालय बुढानिलकण्ठ र बुढानिलकण्ठ मावि बुढानिलकण्ठलाई नयाँ भवन हस्तान्तरण […]

काठमाडौंमा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणमा तिब्रता

काठमाडौं,पुस,११- काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो ।बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् । दक्षिणकाली नगरपालिका वार्ड नम्बर ९ को कालीदेवी आधारभूत विद्यालय, वार्ड नम्बर ८ को श्रीकृष्ण मावि र वार्डनम्बर ५ को डोल्लु […]

जीवनज्योति माविले पायो बालमैत्री र अपाङ्गमैत्री नयाँ भवन

गोरखा,मंसिर,२२- जीवनज्योति मावि पालुङटार–८ च्याङ्ली गोरखामा कक्षा १० मा अध्ययनरत् छात्रा विवेचना देवकोटाको आज खुसीले भूँईमा खुट्टा छैन । उनी फुरुङ्ग छिन् । उनको खुसीको कारण परीक्षामा नम्बर बढी आउनु होइन । नत शिक्षकको स्याब्बासी नै हो । उनी खुसी हुनुको कारण हो– उनको विद्यालयको भवन नयाँ बन्नु ।२०७२ मा गएको भूकम्पले विद्यालयको भवन ध्वस्त […]

ठडियो हिमाली मावि, विद्यार्थी र अभिभावकमा खुसीयाली

गोरखा,मंसिर,१७- २०७२सालको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त सिरानचोक–६, सान्नानी भञ्जाङ गोरखाको हिमाली माविको भवन पुननिर्माण भएको छ । ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । इकाईले जाइकाको सहयोगमा करिब ८ करोड ४४ लाख लागतको ३ तलाका दुई ब्लक सहितको १८ कोठे […]

‘सरकार नै विद्यार्थीलाई निजी विद्यालयमा पढ्न प्रोत्साहित गर्छ’

काठमाण्डौं,मंसिर,१४- सरकारले सार्वजनिक शिक्षा सुदृढीकरणको चर्को नारा लगाइरहेको बेला सरोकारवालाहरुले भने सरकार सार्वजनिक विद्यालको गरिबीकरणतर्फ उन्मुख रहेको आरोप लगाएका छन्।शुक्रवार राजधानीमा एजुकेशन इन्टरनेशनलले गरेको शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको अवस्था : प्रभाव र न्यूनिकरण विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले यस्तो बताएका हुन् । विगतदेखि सामुदायिक विद्यालय मर्ज र बन्द गर्दै गएपनि नयाँ विद्यालय नखोलेको भन्दै सरोकारवालाहरुले सरकार […]