काठमाडौं,असोज,१८-बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज मंगलबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष […]
संस्कृती,धर्म
दशैं मनाउन १७ लाखले छाडे काठमाडौं, अझै २ लाख सर्वसाधारण घर फर्कन बाँकी
काठमाडौं,असोज,१७- काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महीनाको शुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका हुन् । विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट […]
आज महाअष्टमी : दुर्गा भवानीको विशेष आराधना गर्दै
काठमाडौं,असोज,१७-बडादशैंको आठौं दिन आज सोमबार महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरि मनाइन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु […]
दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै
काठमाडौं,असोज,१६-आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई […]
आज नवरात्रको छैठौं दिनः कात्यायनी देवीको पूजा गरिदैं
काठमाडौं,असोज,१५-आज नवरात्रको छैठौं दिन विभिन्न शक्तिपीठ र घरमा कात्यायनी देवीको पूजा आराधना गरिन्छ। हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो। अमरकोषमा पार्वतीको दोस्रो नामलाई कात्यायनी भनिएको छ। स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ। उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ। कात्यायनी माताको श्रद्धा एवं भक्तिले […]
आज दशैँको चौथो दिनःआज कुष्माण्डा देवीको पूजा राधना गरिदैं
काठमाडौँ,असोज,१३-नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदैं छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ।नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली […]
आजबाट वडादशैँ सुरु, घटस्थापना गरिँदै, शुभ साइत १० बजेर २३ मिनेटमा
काठमाडौं,असोज,१०-हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आज सोमवारदेखी शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन सोमवार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।घटस्थापनाको साइत सोमवार बिहान १०ः २३ मा शुभ […]
आज हरितालिका तीज पर्व मनाईदै
काठमाडौं,भाद्र,१४-नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज पर्व आज मनाइँदैछ। प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी महादेवको पूजा आराधना गरी देश बिदेशमा यो पर्व नेपाली हिन्दु नारिहरुले एकै साथ मनाइँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका कारण यो पर्व मनाइने […]
आज तीजको दर खाने दिन
काठमाडौं,भदौ,१३-हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीजको पहिलो दिन आज दर खाएर मनाइँदै छ।माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठामीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् । विशेष गरी विवाह गरेर गएका छोरीचेलीहरू माइतीघरमा आएर खिर, घिउ, दूध, दही, मिठाई, फलफूल लगायतका परिकारलाई दरको रूपमा खाने गर्छन् । तीजको दिन निराहार व्रत बसेर पूजा गर्ने भएकाले […]
आज जनै पूर्णिमा तथा रक्षाबन्धन मुलुक भरी मनाईदै
काठमाडौं,साउन,२७-आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुक भरी मनाईदैछ।हिन्दू धर्मावलम्बीहरूको पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणीका दिन आज नयाँ जनै धारण गर्नुका साथै रक्षा-बन्धन गरी धुमधामसँग मनाइँदैछ। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ।यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ। “शास्त्रीय मान्यताअनुसार […]


