बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

काठमाण्डौं,जेठ,३-बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।आईतबार राति लण्डन क्लब चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो । स्पेनिस क्लब बार्सिलोनाले चेल्सीमाथि ४–० को एकतर्फी जित निकाल्यो । चेल्सीको पुरुष टिम शनिबार रातिमात्र एफ ए कपको फाईनलमा लेस्टर सिटीसंग पराजित बनेको थियो । त्यसको भोलि पल्ट महिला टिमले च्याम्पियन्स लिगको उपाधि […]

उत्तर कोरियाले विश्वकप नखेल्ने

काठमाण्डौं,जेठ,३-उत्तर कोरियाले फिफा विश्वकप छनोट र एसियन कप छनोटको बाँकी खेल नखेल्ने भएका छन् । एसियन फुटबल फेडेरेसन (एएफसी) ले आइतबार उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएको जनाएको छ । उत्तर कोरिया छनोटको समूह ‘एच’ मा रहेको छ । यस समूहमा उत्तर कोरिया आठ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।एएफसीले उत्तर कोरियाले नाम फिर्ता […]

कोरोना संक्रमणबाट एकैदिन १८७ जनाको निधन,मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुग्यो

काठमाडौं,जेठ,१-देशभर एकैदिन ५ हजार ४ सय ५५ जना कोभिड संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ४४ जनाले कोभिडलाई जितेका हुन्।योसँगै देशभरबाट कोभिड मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १० सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ९७१ पीसीआर […]

नेपाल सुपर लिग: धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन

काठमाडौं,जेठ,१-काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल […]

नेपाललाई आपतकालिन सहयोगको आवश्यकता : डब्लूएचओ

जेनेभा,जेठ,१-विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताउनु भएको छ । शुक्रवार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या सृजना भएको बताउनुभयो । […]

३२ लाख मध्ये २५ लाख डोज खोप लगाईयो, तीन महिनालाई पुग्ने स्वास्थ्य सामग्री मौज्दात छ-मन्त्रालय

काठमाडौं,जेठ,१-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताउनुभएको छ । सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र खोप लगाउने क्रम जारी रहेको बताउनुभएको हो । नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उहाँको भनाइ छ । सह–प्रवक्ता अधिकारीले […]

नेपाल सुपर लिगको उपाधीका लागी आज काठमाडौं रेजर्स भर्सेस धनगढी भिडने

काठमाडौं,जेठ,१-नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजे सुरु हुनेछ।काठमाडौं र धनगढी यस प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यस अघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्न लागेका हुन्।दुबै भेटमा […]

नेपालमा एकैदिन २०३ जनाको मृत्यु, ८ हजार ५२० जनामा संक्रमीत थपिए

काठमाडौं,बैशाख,३१-नेपालमा गएको २४ घण्टामा ८ हजार ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २१ हजार ४७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्। आज २०३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। जसमा नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको विवरणसमेत समावेश छ। यो सहित कोरोनाका कारण […]

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु,८ हजार ९६० संक्रमित थपिए

काठमाडौं,बैशाख,३०-नेपालमा कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ४७४ पीसीआर र ७ सय७१ एन्टिजेन परीक्षणमा […]

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं,बैशाख,३०-नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न बोलाइएको एमाले नेता सुवास नेम्बाङले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन दिएको समयसीमा सकिँदै गर्दा एमालेले बैठक बोलाएको हो।