सर्वोच्च अदालतले भन्यो: प्रधानमन्त्री–प्रधान्यायाधीश मध्यराति भेटवार्ता गरेको भन्ने खबर झुटो

काठमाडौं,जेठ,११-प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच भेटवार्ता भएको भन्ने खबर झुटो भएको सर्वोच्च अदालतले जनाएको छ।  केही अनलाइन पत्रिकाले प्रधानमन्त्री र प्रधानन्यायाधीश सोमबार मध्यराति भेटेको भन्ने खबर प्रकाशन गरेपछि अदातलते मंगलबार विज्ञप्ति जारी गरी खण्डन गरेको हो। ‘केही अनलाइनमा प्रकाशित समाचारहरूप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको छ’, सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको […]

विश्वकप फुटबल हरेक दुई वर्षमा गर्ने फिफाको योजना

एजेन्सी,जेठ,९-विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबल हरेक दुई वर्षमा आयोजना गर्ने तयारी थालेको छ । फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको छ । साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावमा फिफाले विश्वकप दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको हो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र […]

नेपालमा एकैदिन १९३ जनाको मृत्यु,७९१४ कोरोना संक्रमित,७६६४ संक्रमणमुक्त

काठमाडौ,जेठ,९-नेपालमा कोरोना भाइरसबाट आइतबार १९३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएकासँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ । आइतबार एकैदिन ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।१८ हजार ९६५ जनाको पीसीआर परीक्षणबाट ७ हजार ५९८ तथा ९६१ जनाको एन्टीजेन परीक्षणबाट ३१६ जना संक्रमित […]

स्थानीय तहसम्मै कार्यगत एकता गर्ने पाँच दलबीच सहमति

काठमाडौं,जेठ,९-प्रतिनिधिसभा विघटन भएपछि एक जुट बनेको नेपाली कांग्रेससहितका चार दल र नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश र स्थानीय तहसम्म कार्यगत एकता गरी अघि बढ्ने निर्णय गरेका छन्। आइतबार बसेको ती दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो।प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) […]

कान्तिपुरको यो कार्टुनप्रति प्रधानमन्त्री ओलीको आक्रोस:राष्ट्रपति कोटको खल्तीमा

काठमाडौं,जेठ,९-कान्तिपुर दैनिकमा छापिएको कार्टुनप्रति प्रधानमन्त्री केपी ओलीले आक्रोश व्यक्त गर्नु भएको छ ।आइतबार कान्तिपुर दैनिकमा अविन श्रेष्ठले बनाएको यो कार्टुन पहिलो पृष्ठमा छापिएको छ। राष्ट्रपति संस्थालाई दुरुपयोग गरेर प्रधानमन्त्री केपी ओलीले राजतन्त्रकालीन झल्को दिएको आशयको कार्टुनप्रति ओलीले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाउनु भएको हो । ‘राजतन्त्र प्रेत संस्था हो । तर यही प्रेत संस्थागत जोडेर […]

मध्यावधि चुनावको घोषणा फिर्ता लिन जनस्वास्थ्यकर्मीको माग

काठमाडौं,जेठ,९-मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले माग गरेका छन् । विज्ञप्ति जारी गर्दै उनीहरुले कोरोना महामारीको समयमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैरजिम्मेवारीपनको स्पष्ट उदाहरण भएको उल्लेख गरिएको छ । देश कोभिड–१९ को महामारीको दोश्रो लहरबाट आक्रान्त भइरहेको बेला संसदको विघटन र मध्यावधि निर्वाचनको घोषणाले […]

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा भंग, मध्यावधि चुनाव घोषणा

काठमाडौं,जेठ,७-राष्ट्रपति विद्या भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गर्नु भएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेर कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गर्नु भएको हो । मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दै नयाँ निर्वाचनको मिति सिफारिस गरेको […]

प्रधानमन्त्रीमा दुवै दाबी कीर्ते हुन्,खारेज गरी निर्वाचन होस् : कमल थापा

काठमाडौं,जेठ,७-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा परेका दुवै दाबी किर्ते भएको भन्दै खारेज गर्न माग गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताउनुभयो।उहाँले दुवै दाबी जाली र किर्ते  भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव […]

डोटीमा ३६ लाखको लागतमा लिफ्ट खानीपानी आयोजना

डोटी,जेठ,७-शिखर नरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । उक्त गाउँमा वर्षौ पहिलेदेखि खानेपानीको समस्या भएपछि नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा रू. ३६ लाख ३४ हजार ८८८ को लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । […]

प्रधानमन्त्रीमा ओली र देउवाको दावी,राष्ट्रपति भण्डारीको काँधमा निर्णय गर्ने जिम्मा

काठमाडौं,जेठ,७-संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा बहालवाला प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दावी पेश गर्नुभएको छ । ओली र देउवा दुबै जनाले आफ्ना पक्षमा बहुमत सांसद रहेको जिकीर गर्नुभएको छ।रमाइलो के छ भने दुबै नेताले एमालेका माधव पक्ष र जसपाका सांसदहरुको समर्थन आफूलाई रहेको दावी गर्नुभएको छ । […]