सर्वदलीय बैठक दिउँसो बस्दै:राजावादीहरुको आन्दोलन प्रति दलहरुको चासो

काठमाडौं,मंसिर,२३-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको पधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको हो । थापाले सामाजिक सञ्जालमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको उल्लेख गर्नुभएको छ । […]

कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि ६ महीना थपिने

काठमाडौं,मंसिर,१८-कोरोना माहामारीका कारण कोरिया जान रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ ।  त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महीना थप्ने निर्णय पनि भएको छ ।  कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै […]

‘धर्म बेच्न पाइँदैन,गणतन्त्र चाहिँदैन’ भन्दै राजावादी सडकमा

काठमाडौं,मंसिर,२०-काठमाडौंमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । शनिबार ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले राजतन्त्र पुनःस्थापना, धर्मसापेक्षता र संघीयताको खारेजीको माग गरेका छन् । ठूलो संख्या रहेका सहभागीहरुले राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहको तस्वीरसहितको प्लेकार्ड बोकेका थिए । माइतीघर मन्डलाबाट नयाँबानेश्वरसम्म पुगेको र्‍यालीमा सहभागीहरुले ‘धर्म बेच्न पाइँदैन, गणतन्त्र चाहिँदैन’लगायतको […]

थप १०२४ जनाकोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं,मंसिर,२०-नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ५७७ पुगेको छ । १,०२४ संक्रमित थपिए नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा छ हजार ७४ जनाको मात्रै ‘पीसीआर’ परीक्षण गरिएको […]

संयुक्त राष्ट्र संघमा नेपालले पनि गर्‍यो गाँजालाई लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान

काठमाडौं,मंसिर,१८-नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ। संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बुधबार भएको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको हो। भियनास्थित नेपालको स्थायी नियोगका राजदूत प्रकाशकुमार सुवेदीले ट्विट गर्दै नेपालले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको बताएका […]

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट,पार्टीभित्रको संकटबारे भलाकुसारी

काठमाडौं,मंसिर,१८-राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गर्नुभएको छ । बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीच किचलो चुलिएका बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय, शितलनिवास पुग्नुभएको हो । पार्टीभित्र जब जब संकट गहिरिन्छ तब तब प्रधानमन्त्री ओली परामर्शका लागि राष्ट्रपति कार्यालय प्रवेश गर्नुहुन्छ । […]

सुनको भाउ १ हजार ५०० ले बढ्यो

काठमाडौं,मंसिर,१८-नेपाली बजारमा बिहीवार पनि सुनको मूल्य बढेको छ । बिहीवार स्थानिय बजारमा पहेंलो धातु सुनको मूल्य प्रतितोला रू. १ हजार ५०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार १०० मा कारोबार भएको […]

नेपालमा कोरोनाका कारण थप २१ जनाको मृत्यु, देशभर १६,६३३ सक्रिय संक्रमित

काठमाडौं,मंसिर,१६-नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १,३०४ जनामा संक्रमण पछिल्लो २४ घन्टामा देशभर एक हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् । आठ हजार ५८३ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ८०३ […]

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं,मंसिर,१४-नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनु भएको छ।आफ्ना प्रतिद्वन्द्दी किशोर  प्रधानलाई पराजित गर्दै  वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको हो। शनिवार भएको ५४ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित भएको थियो ।  महासंघको विधान अनुसार ढकाल  अव निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको […]

नेपाल-भारत नियमित हवाइ उडान खुला

काठमाडौं,मंसिर,१४-नेपाल-भारत नियमति हवाइ उडान खुला गर्ने निर्णय सरकारले गरेको छ। कोरोना संक्रमण त्रासको कारण गएको चैतदेखि बन्द रहेको नेपाल- भारत हवाइ उडान खुला गर्ने निर्णय गएको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार अब हरेक दिन नेपाली ध्वजावाहक वायुसेवाले एउटा र भारतीय वायुसेवाले […]