काठमाडौं,कात्तिक,२१-नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य शुक्रवार बढेको छ ।साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा रू.१ हजारले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू.९७ हजार २०० र तेजाबी सुनको मूल्य रू.९६ हजार ७०० मा कारोबार भइरहेको छ । गत बिहीवार सुनको मूल्य बुधवारको कारोबार […]
ब्यानर न्यूज
नेपाली सेनाको १८औँ मानार्थ महारथी बने नरवणे, राष्ट्रपतिद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाडौं,कार्तिक,२०-राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । बिहीबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा एक कार्यक्रमकाबीच मानार्थ महारथीको चिन्ह प्रदान गर्नु भएको थियो। नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने नरवणे भारतीय सेनाका १८औं सेना प्रमुख हुन्। योसँगै उहाॅं नेपाली सेनाको मानार्थ महारथी बनेका छन्। नेपाली […]
कोरोना संक्रमणबाट १८ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ पुग्यो
काठमाडौं,कात्तिक,२०-नेपालमा बिहीवार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ जना रहेका छन् । मुलुकभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेकोमा उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आईसोलेशनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ […]
एकैदिन कोरोना कारण ३० जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३६ हजार ९११
काठमाडौं,कात्तिक,१९-नेपालमा बुधवार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ […]
नेपाल-भारत कुटनीतिक र राजनीतिक वार्ता सुचारु हुँदै, कालापानी र सुस्ताको विषयमा छलफल नहुने
काठमाडौं,कार्तिक,१८-एक वर्षदेखि अवरुद्ध भएको नेपाल भारत कुटनीतिक र राजनीतिक वार्ता पुनः सुचारु हुने भएको छ । मंसिर महिनाभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्ने तयारी भएको छ । आलोपालो प्रचलन अनुसार परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको छैटौं बैठक बस्ने तयारी भएको हो । दुई देशको सम्बन्धका सबै पक्षमा छलफल गर्ने उद्देश्यले ३३ वर्षअघि यो संयन्त्र बनाइएको हो । […]
इजरायलमा नेपाली कामदार पठाउन ‘प्रोटोकल’ तयार
काठमाडौं,कार्तिक,१८-गत असोजमा इजरायसँग भएको श्रम सम्झौताअनुसार नेपाली कामदार त्यहाँ पठाउन ‘प्रोटोकल’ तयार भएको छ । इजरायल सरकारका प्रतिनिधि र नेपाल सरकारका उच्च अधिकारीहरूबीच १ महीनाको छलफलपछि प्रोटोकल तयार गरिएको हो । प्रोटोकलमा श्रम सम्झौतामा भएका व्यवस्थालाई आधार मान्दै कामदार जाने प्रक्रिया, कामदारको योग्यता, पारिश्रमिक, सेवासुविधालगायत विषय समेटिएको छ । नेपालीहरूलाई रोजगारीका लागि विशेष गरी हस्पिटल […]
नेपालमा कोरोनाका कारण एकैदिन २४ जनाको मृत्यु,२,९३३ जना संक्रमीत थपिए
काठमाडौं,कात्तिक,१७-नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४४६ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा दुई हजार ९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै एक हजार ६३० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सक्रमितको सख्ंया […]
नेपालको कृषि विकासमा लगानी गर्दै विश्व बैंक
काठमाडौं,कार्तिक,१६-नेपाल सरकारले तयार गरेको कृषि विकास रणनीतिमा सघाउने उद्देश्यले विश्व बैंकले नेपालको कृषि क्षेत्रमा लगानी गर्ने भएको छ । नेपालको कृषि क्षेत्रको विकास र अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव न्यूनीकरणका लागि विश्व बैंकको बोर्ड बैठकले ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको ‘ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना’ स्वीकृत गरेको छ । यो परियोजनाले स्थानीय तहमा रोजगारी […]
राष्ट्रिय फुटबल टोलीका चार जना खेलाडीलाई कोरोना संक्रमण
काठमाडौं,कात्तिक,१४- नेपाली राष्ट्रिय फुटबल टोलीका चार जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवारदेखि प्रशिक्षणमा बोलाइएका ३४ जना खेलाडीमध्ये चार जना कोरोनाबाट संक्रमित भएको बताएको छ । कोरोना देखिएका चारै जना खेलाडी सेल्फ आईसोलेशनमा बसेका छन्।नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ […]
ओली-दाहालबीच संवादहीनताको अवस्था जारी
काठमाडौं,कात्तिक,१३-राजदूत नियुक्ति, मन्त्रिमन्डल हेरफेर र कर्णाली प्रदेशको विवादलाई लिएर जारी नेकपाभित्रको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताको अवस्थासम्म पुगेको छ । पार्टीभित्रको विवाद समाधान, पार्टी एकीकरणका बाँकी काम टुंगो लगाउन भन्दै दिनदिनै छलफल हुने गरेको भएपनि पछिल्लो समय अध्यक्षद्वयबीच औपचारिक संवाद नभएको एक साताभन्दा बढी भएको छ । नेकपा कर्णाली प्रदेशको विवाद […]





