काठमाडौं,असोज,२१-सरकारले दशैंमा काठमाडौंबाट गाउँ नजान सल्लाह दिएको छ।कोरोनाको अत्यधिक संक्रमण बढेको भन्दै काठमाडौंमा बसिरहेकाहरुलाई गाउँ नजान सल्लाह दिएको हो । असोज १७ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाने फर्किने गर्दा संक्रमण दुबैतर्फ फैलनसक्ने भन्दै काठमाडौंबाट गाउँ नजान आग्रह गर्नुभएको हो । अरु जिल्लामा संक्रमण नियन्त्रणको दिशामा […]
ब्यानर न्यूज
जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ को मृत्यु, एक वेपत्ता
काठमाडौं,असोज,२१-जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना अझै वेपत्ता छन्। दुर्घटनामा जुनीचाँदे-११ का वडाध्यक्ष अमरबहादुर शाही, ६१ वर्षीय किर्तिबहादुर शाही, ३२ वर्षीय खेमबहादुर शाही, २९ कृष्णबहादुर शाही, २९ वर्षीय मालिका बस्नेत र थप एकजनाकाे ज्यान गएकाे जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताउनुभयो ।० उहाॅंका अनुसार एकजनाको शव फेला […]
एकैदिन ३४३९जनामा कोरोना संक्रमण,१५ को मृत्यु,११२६ जना डिस्चार्ज
काठमाडौं,असोज,२१-नेपालमा बुधवार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधवार थपिएका कोरोना संक्रमितको संख्या नेपालमा अहिलेसम्मकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५७८ […]
आईपीएल : बैंग्लोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लीयो
काठमाण्डौं,असोज,२०-दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५९ रनको जित निकाल्दै दिल्ली पहिलो स्थानमा उक्लिएको हो । सोमबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिल्लीले जितका लागि दिएको १९७ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्र बनायो […]
कुर्सी तोडफोड कांग्रेसको संस्कृति विपरीत छ: प्रवक्ता शर्मा
काठमाडौं,असोज,१९-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा सोमबार भएको कुर्सी तोडफोड कांग्रेसको नीती र संस्कृति विपरीत भएको बताउनु भएको छ। समाजिक सञ्जाल ट्विटरमा शर्माले लेख्नु भएको छ, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण […]
कांग्रेस र जसपा सांसदले गरे प्रदेशसभामा तोडफोड
भैरहवा,असोज,१९-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जसपाका केहि सांसदहरुले प्रदेश नम्बर-५ को प्रदेशसभा बैठकमा तोडफोड गरेका छन । प्रदेश-५को स्थायी राजधानीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले सोमबार प्रदेशसभा हलको कुर्सी र माइक तोडफोड गरेका हुन् । प्रदेशसभाको सोमबार दोस्रोपटक बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका […]
एकैदिन २४४० जनामा कोरोना संक्रमण,१९ जनाको मृत्यु
काठमाडौं,असोज,१९-नेपालमा सोमवार थप २ हजार ४४०जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । विगत २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट ५५४ […]
बन्द गरिएको श्रम स्वीकृति सोमवारदेखि पुनः शुरु हुने
काठमाडौं,असोज,१८-कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति सोमवारदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले बताएको छ । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि […]
डा.गोविन्द केसीसँग तत्काल वार्ता थाल्न प्रधानमन्त्री ओलीलाई कांग्रेसको अपिल
काठमाडौं,असोज,१८-नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न अपिल गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई डा. केसीको जीवन रक्षाका लागि पहल थाल्न अपिल गर्नुभएको हो । आइतबार प्रेस विज्ञिप्त जारी गर्दै सभापति देउवाले वार्ताका माध्यमबाट डा. केसीका माग […]
कोरोना संक्रमणबाट ५३५ जनाको मृत्यु पुष्टि, एकैदिन २२५३ संक्रमीत थपिए
काठमाडौं,असोज,१८-नेपालमा आइतवार थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५३५ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा […]




