जापान,जेठ,२७-चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) मार्चको अन्तीम चरणमा जापानको योकोहामा बन्दरगाहमा पानीजहाजबाट आएका व्यक्तीमा कोरोनाको संक्रमण देखिएको थियो।जापानमा एक्कासी धेरै कोरोना भाइरस नफैलिएता पनी विस्तारै बिस्तारै संक्रमितको संख्या तिव्र हुदै गएको थियो । अन्य मुलुकको तुलनामा यो कोरोना भाइरसको प्रकोप जापानमा त्यती फैलीन पाएको थिएन। तर यहाॅंको सरकारले हदै सम्म नियन्त्रण अपनाउदा अपनाउदै […]
ब्यानर न्यूज
संविधान संशोधन विधेयकमाथि आजबाट छलफल हुँदै, निशान छाप अद्यावधिक गरिँदै
काठमाडौं,जेठ,२७-प्रतिनिधि सभामा आजबाट संविधान संशोधन विधेयकमाथि छलफल हुने भएको छ ।आजको बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको हो । सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ । सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको सात […]
एमबाप्पे विश्वको मूल्यवान खेलाडी, मेसी २२औं र रोनाल्डो ७०औं स्थानमा
काठमाडौं,जेठ,२७-पेरिस सेन्ट जर्मेनबाट व्यवसयिक फुटबल खेल्न फ्रेन्च युवा सटार किलिएन एमबाप्पे विश्वकै सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । द इन्टरनेशनल सेन्टर फर स्पोर्ट्स स्टडिज (सिआइइएसले) सार्वजनिक गरेकन १०० मूल्यवान खेलाडीको सूचीमा एमबाप्पेले नाम चलेका खेलाडीहरुलाई पछि पारेका हुन् । सिआइइएस फुटबल अब्जरभेटरीका अनुसार एम्बापेको भ्यालु २३०.५ मिलियन पाउण्ड रहेको छ । दोस्रोदेखि पाँचौसम्म भने इंग्ल्याण्डका […]
एमसीसी परियोजना अनुमोदन गर्नेबारे नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं,जेठ,२६-सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ । अमेरिकी सरकारको सहयोगमा अघि बढाउन लागिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो ।एक वर्ष अघिकै वर्षे अधिवेशनमा संसदबाट अनुमोदन गर्ने लक्ष्य राखिएको एमसीसीबारे सत्तारुढ दलभित्र विवाद देखिएपछि गत हिउँदे अधिवेशनमा पनि पारित हुन सकेन । गत माघमा एमसीसीबारे अध्ययन गर्न नेकपाले पूर्वप्रधानमन्त्री […]
काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं,जेठ,२६-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। बैठक पार्टी सभापति शेर बहादुर देउवाले आकस्मिक रुपमा बोलाएको बताइएको छ ।यसअघि गत १७ गते काँग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने […]
सप्तरीको एकै गाउँपालिकाका १६ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं,जेठ,२६-सप्तरीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संकमीत सबै सप्तरीको एउटै गाउँपालिकाका हुन् । सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहुल गाउँपालिकाका मात्रै १६ जनामा संक्रमण पुष्टि भएको हो। गाउँपालिकाका वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ […]
आन्तरिक उडान असार १७ देखि थाल्ने सरकारको तयारी
काठमाडौं,जेठ,२५-सरकारले आन्तरिक हवाई उडान खुला गर्ने तयारी गरेको छ । बन्दाबन्दी लागू गरेको एक सय दिनपछि अर्थात् असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरिएको हो । नागरिक उड्डयन प्राधिकरणले आइतबार सरोकारवालाहरुसँग असार १७ गतेदेखि आन्तरिक उडान थाल्नेबारे छलफल गरेको हो । प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका […]
नेपालमा थप २१३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो, १३ जनाको मृत्यु
काठमाडौं,जेठ,२५-नेपालमा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१३ जना थपिएसँगै कूल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरू रहेको जानकारी दिनुभयो। संक्रमित मध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना […]
क्वारेन्टिनमा लापरबाही : डोटी र बैतडीमा एकैदिन दुई युवाको मृत्यु
काठमाडौं,जेठ,२५-डोटी र बैतडीमा क्वारेन्टिनमा बसेका दुई युवाको मृत्यु भएको छ। क्वारेन्टिनमा बस्दै आएका १९ र ३१ वर्षीय दुई युवकको मृत्यु भएको हो।डोटीको केआई सिंह गाउँपालिका-३ को सिताराम आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मुत्यु भएको प्रहरीले जनाएको छ। उनी भारतको लुधियानाबाट एक साताअघि मात्रै नेपाल आएका थिए ।६ दिन अघिदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्क्वारेन्टिनमा […]
अन्तर्राष्ट्रिय चार्टर उडानमा रोक, टिकट बिक्री नगर्न निर्देशन
काठमाडौँ,जेठ,२५-विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ । प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले शनिबार साँझ सूचना जारी गर्दै आजैका मितिदेखि ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई रोक लगाएका हुन् । सरकारले […]







