अरिङ्गाल खाँदा १० जना बिरामी

रुकुमपूर्व,असोज,२७- अरिङ्गाल खाँदा रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका–१२, कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा छन् । बिरामीमध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ । शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर १२ जनाले […]

राष्ट्रपति सी चिनफिङले दिए :काँग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो

काठमाण्डौं,असोज,२६- नेपालको दुई दिने राजकीय भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङले काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिनुभएको छ । शनिबार होटल सोल्टी क्राउन प्लाजामा भएको एक्लाएक्लै भेटमा राष्ट्रपति सीले देउवालाई चीन आउन निम्तो दिएको काँग्रेस सह–महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा भेटेलगत्तै होटल फर्केका सीले देउवालाई भेट्नु […]

नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

काठमाडौं,असोज,२६- नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् ।चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका हुन् । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अपर्ण गरेको थियो ।उनको विदाइका […]

नेपाल–चीनबीच विभिन्न १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर

काठमाडौं, असोज,२६- नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो ।   वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, […]

जापानमा शक्तिशाली ताईफुका कारण जनजीवन अस्तव्यस्त (विस्तृत विवरण आउन बाँकि)

जापान,असोज,२५- अपडेट….. जापानको राजधानी टोकियो लगायत मुख्य भूभागमा असर पार्नेगरि अाज आएको शक्तिशाली ताईफु क्रोसाले यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । जापानीज मौसम एजेन्सीका अनुसार अहिले आईरहेको ताईफुका कारण राजधानी टोकियो स्थीत चिबा, मीय केनको इसे शि डुबानमा परेको छ ।ताईफुका कारण धेरैजना व्यक्ती घाईते भएका छन् । यसको विस्तृत विवरण आउन बाँकि नै छ ।अहिले त्यहाँ बस्ने सबैलाई […]

चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदै

काठमाडौं,असोज,२५- राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आउँदै हुनुहुन्छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ४:३० देखि ५:३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन विमास्थलमा […]

नेपालमा चारवटा काम गर्ने चिनियाँ राष्ट्रपति सी जिनफिङ घोषणा

काठमाण्डौं,असोज,२५- चिनियाँ राष्ट्रपति सी जिनफिङले चीन र नेपालबीच असल दाजुभाइको सम्बन्ध रहेको बताएका छन् । नेपाल भ्रमणको पूर्वसन्ध्यामा गोरखापत्र दैनिकमा प्रकाशित सीको विशेष आलेखमा उनले दुई देशले मिलेर गर्नुपर्ने चारवटा काम औंल्याएका छन् । जसमा रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु, व्यवहारिक सहयोग विस्तार गर्नु, जनस्तरीय आदान प्रदानलाई व्यापक पार्नु र सुरक्षासम्बन्धी सहयोग सुदृढ पार्नु छन् । […]

विश्वकप फुटबलको छनोट : अहिले नेपाल र अष्ट्रेलीया भिड्दै (Live)

काठमाण्डौं,असोज,२३- विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र अष्ट्रेलिया खेलीरहेको छ ।अष्ट्रेलियाको क्यानबेरामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ३-० ले पछि परेको छ ।अष्ट्रेलियाका लागि जेमी म्याक्लारेनले दुई गोल गरे । यस्तै ह्यारीले एक गोल थपे ।विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासंग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्दै छ।अष्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ […]

विश्वकप फुटबलको छनोट : नेपालले आज अष्ट्रेलीयासंग प्रतिस्पर्धा गर्ने

काठमाण्डौं,असोज,२३- विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज (बिहिबार) अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासंग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो ।अष्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ । नेपाल […]

ईन्जा साहसी पत्रकारिताको पुरस्कार पत्रकार अजयबाबु शिवाकोटीलाई प्रदान गरिने

काठमाडौं,असोज,२१- नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल  (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष पत्रकार अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।  पुरस्कारको राशी १ हजार अमेरिकी डलर यो पुरस्कार ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७,२०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।  पत्रकार शिवाकोटीले एक महिलामाथि […]