काठमाण्डौं,असोज,२१- आज विजयादशमी पर्व ! आश्विन शुक्ल दशमीका दिनमा मनाइने हिन्दु नेपालीहरुको महान पर्व विजयादशमी पर्व आज हर्षोल्लासका साथ देशैभर मनाईदैछ ।आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुपमा मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिक […]
मुख्य समाचार
पूर्वसभामुख कृष्ण बहादुर महरा बिरामी : हिरासत कक्षमै अक्सिजन
काठमाडौं,असोज,२०- पुर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य समस्या देखिएको छ। प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उहाँलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो। उहाँलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो । सोही राति […]
आज महानवमी पर्व : दुर्गा भवानीको पूजा गरिँदै
काठमाडौं,असोज,२०- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गाभवानीको पूजा–आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गाभवानीको विशेष पूजा–आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत […]
कृष्णबहादुर महरा सभामुख निवासबाटै पक्राउ
काठमाण्डौं,असोज,१९- महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको छ । महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने जनाइएको छ ।बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास पुगेको थियाे । यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका महरालाई पक्राउ […]
दशैंमा साढे १२ अर्बको नयाँ नोट साटियो : केरमेट नगर्न, रङ नलगाउन राष्ट्रबैंकको आग्रह
काठमाडौं,असोज,१९- नेपाल राष्ट्र बैंकले नोटको प्रयोग गर्दा सचेतना अपनाउन आग्रह गरेको छ ।नोटमा केरमेट नगर्न, रङ नलगाउन तथा नोटको आकार नबिगार्न बैंकले सर्वसाधारणमा आग्रह गरेको हो ।नोटमा केरमेट गरेमा, रङ लगाएमा वा नोटको आकार बिगारेमा कारबाही हुने भन्दै केन्द्रीय बैंकले सचेत पनि गराएको छ । यस्तै, नोट झुत्रो वा अक्षर नचिनिने बनाउन नहुने पनि केन्द्रीय […]
राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा–अर्चना
काठमाण्डौ,असोज,१९- राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९, पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आइतबार बिहान पूजा–अर्चना गरेकी छन् ।उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन् । राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राखेकी थिइन् ।साथै, उनले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गर्न जनप्रतिनिधिलाई सुझाव दिएकी थिइन् […]
विश्वकप फुटबल छनोट : नेपालको अभ्यास [फोटोफिचर]
सिड्नी,अस्ट्रेलिया,असोज,१९- विश्वकप फुटबल छनोट र एसियन छनोट खेल्न नेपाली टोली अहिले अस्ट्रेलियाको सिड्नीमा छ।नेपालले बिहीबार अस्ट्रेलियासँग राजधानी क्यानबेरामा खेल्दै छ।नेपालले पहिलो पटक अस्ट्रेलियासँग खेल्न लागेको हो । अस्ट्रेलियासँगको खेलको तयारीका लागि नेपाली फुटबल टोलीले सिड्नीमा बसेर अभ्यास गरिरहेको छ । नेपाली टोली बिहीबार नै सिड्नी आइपुगेको थियो । नेपालले सिड्नी स्पोर्टस एकेडेमीमा बसेर तयारी गरिरहेको […]
वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन
काठमाडौं,असोज,१९- वरिष्ठ सञ्चारकर्मी एवं न्युज २४ टेलिभिजनका समाचार प्रमुख राजेन्द्रदेव आचार्यको निधन भएको छ।आज (आइतबार) बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको नेपाल पत्रकार महासंघ न्युज २४ शाखाका अध्यक्ष प्रदीपराज दाहालले जानकारी दिनुक़्सों । ‘कलेजो फेल भएर उहाँको निधन भएको हो,’ दाहालले भने, ‘उहाँ ६१ वर्षको हुनुहुन्थ्यो।’ दाहालका अनुसार सञ्चारकर्मी आचार्य एक महिनादेखि ढाडको समस्याले पीडित […]
बडादशैंको आठौं दिन महाअष्टमी पर्व : आज दुर्गा भवानीको पूजा गरिँदै
काठमाडौं,असोज,१९- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रुपमा दुर्गाभवानीको पूजा–आराधना गरी भव्यरुपमा मनाउँदैछन् ।बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिइ दुर्गाभवानीको विशेष पूजाआजा गरिन्छ […]
बडादशैंको आज सातौं दिन : घरघरमा फूलपाती भित्र्याईदै
काठमाडौं,असोज,१८- आज वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् ।सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ ।फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका […]


