प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन अजरबैजान जाँदै

काठमाडौं,कार्तीक,७-

प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन आज अजरबैजान जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन ओली मध्यान्न पौने १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री राष्ट्रहरुका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो ।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ। ओलीले शनिबार सम्मेलनलाई संवोधन गर्नुहुनेछ। 

अजरबैजानको बाकुमा नाम सम्मेलनको साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्न लाग्नु भएको हो । मुडुरो नामको वर्तमान अध्यक्ष हुनुहुन्छ ।ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग पनि भेटघाट गर्नु हुनेछ ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओली संग पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहने छन् । प्रधानमन्त्री ओली कात्तिक १० गते आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।