सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

काठमाडौं,पुष,२०-जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।मंगलबार सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश भए सरकारमा सहभागी हुने निर्णय भएको हो।नभए पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन […]

आजको राशिफल ।। पुष २० गते बुधवार

काठमाडौं,पुष,२०-आज विक्रम संवत २०७९ साल पुष महिनाको २० गते बुधवार, (जनवरी ४ तारिख) पौष शुक्ल त्रयोदशी तिथी । आज पुष २० गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका […]

सुनको मूल्य यो वर्षकै उच्च

काठमाडौं,पुष,१९-साताको तेस्रो दिन मंगलबार सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ।मंगलबार सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँ […]

कञ्चनपुरमा ५३ प्रतिशतले बढ्यो धान उत्पादन, झन्डै २ लाख मेट्रिक टन धान भित्र्याइयो

कञ्चनपुर,पुष,१८-कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ।गतवर्षको तुलनामा यस वर्ष जिल्लामा धानको उत्पादन ५३ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले बताएको छ। केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले जिल्लामा यस वर्ष १ लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए, जुन गतवर्षको भन्दा ६६ हजार ४०० मेट्रिक टन बढी हो।गतवर्ष जिल्लामा १ लाख […]

गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं,पुष,१८-उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । सोमबार भर्चुअल माध्यम मार्फत देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठकमा गृहमन्त्री लामिछानेले अहिलेको शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट सर्वसाधारणलाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिनुभयो । गृहमन्त्रालयमा भएको भर्चुअल बैठकमा […]

राष्ट्रपति-उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी थाल्न प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं,पुष,१८-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो।साथै रिक्त रहेको राष्ट्रिय सभा सदस्यको लागि समेत निर्वाचनको प्रक्रिया अघि बढाउन आयोगका पदाधिकारीलाई उहाँले आग्रह गर्नुभएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरुबीच छलफल […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु

टोकियो,जापान,पुष,१७-आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२३ शुरु भएको छ।वर्षको पहिलो दिन नयाँ जोस, जाँगर र उमंग सहित विश्वभर नयाँ वर्षको स्वागत गरिदै छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाइ गरी २०२३ सालको स्वागतमा नेपाल सहित विश्वभर नै हर्षों उल्लासका साथ शुभकामना आदानप्रदान र विभिन्न मनोञ्जनात्मक कार्यक्रम गरी नयाँ वर्ष मनाइदैछ । इसाइ धर्मका […]

क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

काठमाण्डौं,पुष,१६-क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ। विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए।रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७.७ करोड पाउन्डभन्दा बढी रहनेछ । ३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं,पुष,१५-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ दलहरु सम्मिलित उच्चस्रतीय संयन्त्रको संयोजक बन्नुभएका ओलीले सरकारका न्युनतम् साझा कार्यक्रम, मन्त्रिमण्डल बिस्तारलगायतका विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको बुझिएको छ । सरकारलाई समर्थन गरेका चार […]

ब्राजिलियन फुटबल लेजेण्ड पेलेको निधन

काठमाडौं,पुष,१५-ब्राजिलियन फुटबल हस्ती पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय मिर्गौला र प्रोस्टेटको समस्याबाट ग्रस्त पेलेको बिहीबार राति ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा कोलोन क्यान्सरको उपचारकै क्रममा निधन भएको हो। पेलेकी छोरी केली नासिमेन्तोले बिहीबार राति आफ्ना पिता पेलेको स्वर्गारोहण भएको विवरण सामाजिक सञ्जालमार्फत दिएकी हुन् । पेलेको पूरा नाम ‘एड्सन अरान्तो […]