हर्ष र गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,पुष,२६-प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभूति भएको प्रतिक्रिया दिनुभएको छ। मंगलबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँलाई हर्ष र गर्वको अनुभूति भएको बताउनुभएको हो। उहाँले ठूलो जिम्मेवारी र चुनौति थपिएको महशुस गरेको पनि बताउनुभयो।उहाँले आफूलाई प्रमुख प्रतिपक्षि दल लगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका […]

कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिन गृहमन्त्री लामिछानेको आग्रह

काठमाडौं,पुष,२५-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले नै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिन सांसदहरुलाई आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताउनु भयो। ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ’ उहाँले भन्नुभयो। उपप्रधानमन्त्री लामिछानेले संसदले पनि […]

आजको राशिफल ।। पुष २४ गते आईतवार

काठमाडौं,पुष,२२-आज विक्रम संवत २०७९ साल पुष महिनाको २४ गते आईतवार, (जनवरी ८ तारिख) पौष माघ कृष्ण द्धतिया तिथी।आज नेपाल ज्योतिष परिषद स्थापना दिवस रहेको छ । आज पुष २४ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन पढाईमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र सेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ […]

संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,पुष,२३-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभएको हो । अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही […]

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकका लागि तयारी तीब्र

काठमाडौं,पुष,२३-प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक यही सोमबार (पुस २५ गते) बाट सुरू हुँदैछ।दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद् सचिवालयले एक सिटको फरकमा भौतिक दुरी कायम राखेर सांसदहरू बस्ने सिटको व्यवस्थापन गर्दैछ । राष्ट्रिय सभा स्थायी सदन भएकाले पुरानै नियमावली बमोजिम नै सञ्चालन हुनेछ भने प्रतिनिधि सभा भने नयाँ निर्वाचनपछि नयाँ नियमावली बमोजिम […]

आजको राशिफल ।। पुष २२ गते शुक्रवार

काठमाडौं,पुष,२२-आज विक्रम संवत २०७९ साल पुष महिनाको २२ गते शुक्रवार, (जनवरी ६ तारिख) पौष शुक्ल पुर्णिमा तिथी।आज श्री स्वास्थानीव्रत कथा प्रारम्भ!!माघ स्नान पुर्णिमा व्रत पनि रहेको छ । आज पुष २२ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ […]

जसपा नेपालले शुक्रबार मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने

काठमाडौं,पुष,२२-जनता समाजवादी पार्टी (जसपा)ले आज शुक्रवार नेपाल मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ।बिहिवार जसपाको बैठकले प्रदेशको विधान पारित गरेको थियो। बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताउनुभयो। पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको […]

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु १३ घाइते

पाल्पा,पुष,२२-पाल्पाको रैनादेवी छहरा गाउँपालिका -८, खुर्सानेमा बिहीबार मध्यराति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।ग १ ख ४९७७ नम्बर बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।१३ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख जनक शाहीले घटनास्थलबाट घाइतेहरुको उद्धार गरी बुटवल पठाएको जानकारी दिनुभयो।बस सडकबाट ५० मिटर तल भिरमा खसेको […]

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने

काठमाडौं,पुष,२१-मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने जानकारी दिनुभएको छ। यसैबिच: लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनु भएको थियो । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

काठमाडौं,पुष,२१-सत्ता साझेदार दलहरूले बिहीबार सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम बिहीबार टुंगो लगाउने निर्णय गरेको थियो । सत्ता साझेदार सात दलबाट एक-एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारिएको हो । जनतासँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, […]