इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान

इलाम,मंसिर,४-इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले मतदान गर्नुभएको छ। फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गर्नुभएको हो ।  राईले स्थानीय सिंहदेवी मावि सिकारी भन्ज्याङको मतदान केन्द्रबाट मतदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राई वि.सं १९६४ मा साबिक एकतप्पा गाविस– ५ मा जन्मनुभएको उहाँको नागरिकतामा उल्लेख छ ।स्रोतहातेमालो सञ्चार

निर्वाचनका लागि रोकिएका सवारी साधन सञ्चालन

काठमाडौं,मंसिर,४-काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि सबै प्रकारका सवारी साधन चलाउन अनुमति दिइए सॅगै गाडी चल्न थालेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंले ७ बजेपछि सबैखाले सवारी  साधन चलाउन पाइने जनाएको थियो। परिसरकाअनुसार ५ बजे नै मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले सवारी ७ बजेअघि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक लगाइएको थियो । […]

कतार विश्वकप आजबाट सुरु हुँदै

काठमाडौं,मंसिर,४-विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आज आइतबारबाट कतारमा सुरु हुँदैछ । विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।  उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ […]

देशभर प्रतिनिधि सभा र प्रदेश सभाको आज निर्वाचन हुँदै

काठमाडौं,मंसिर,४-देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि आज (आईतवार)मतदान हुँदैछ ।आगामी ५ वर्षका लागि मतदान हुन लागेको हो । निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेको छ।आयोगका अनुसार आज विहान ७ बजेदेखि मतदान सुरु हुने जनाएको छ। बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत […]

मैत्रीपूर्ण खेलमा आज नेपाल र पाकिस्तान भिड्ने

काठमाडौं,कार्तिक,३०-आज नेपाल र पाकिस्तान भिड्ने भएको छ।नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाहुना टोली पाकिस्तानको सामना गर्नेछ।नेपाल र पाकिस्तानको खेल साँझ ५:३० बजे सुरु हुनेछ। पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो।पाकिस्तानले नेपालसँग दुई खेलको मैत्रीपूर्णका लागि प्रस्ताव गरेको थियो ।तर, […]

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

काठमाडौं,कात्तिक,२६-राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ ।   अध्ययन प्रतिवेदन […]

बागीलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं,कार्तिक,२६-सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निष्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ । शनिबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रिय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरुलाई निष्क्रिय बनाउन अधिकतम […]

एपीएफलाई प्रधानमन्त्री कपको उपाधि, त्रिभुवन पराजीत

काठमाडौं,कार्तिक,२६-विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा पुरस्कार प्राप्त गरेको […]

नेपाललाई यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि

काठमाडौं,कात्तिक,२५-नेपाल साफ यू-१५ महिला च्याम्पियनसिप भएको छ।नेपालले बंगलादेशमा आयोजना भएको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो । बंगलादेशको ढाकामा आज शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो ।खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता […]

आजको राशिफल ।। कार्तिक २५ गते बिहिवार

काठमाडौं,कार्तिक,२५-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २५ गते शुक्रवार, (नोभेम्वर ११ तारिख) मंसिर कृष्ण तृतिया तिथी ।आज विश्व महागुरु फाल्गुनन्द जयन्ती पनि रहेको छ । आज कार्तिक २५ गते शुक्रवार राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न […]