टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको शतक

काठमाडौं,फागुन,७-आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत नेपालको दोस्रो खेलमा कुशल भुर्तेलले अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको फिलिपिन्सविरुद्धको खेलमा भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका हुन् ।यसअघि टी–ट्वान्टीमा नेपालको तर्फबाट […]

नेपालले दियो फिलिपिन्सलाई २ सय १९ रनको विशाल लक्ष्य

काठमाडौं,फागुन,७-आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ । ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १८ रन बनाएको हो ।   नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले […]

‘ए’ डिभिजन लिगमा आजबाट १२ औं चरणका खेल हुने

काठमाडौं,फागुन,७-सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् ।साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेशनबाट बच्न पुछारका टोलीको रोचक प्रतिस्पर्धा हुनेछ।यस्तै मनाङ मर्स्याङदी क्लब र थ्री स्टारसँगै त्रिभुवन आर्मी क्लबबीच शीर्ष स्थान पछिको स्थानका लागि हुने प्रतिस्पर्धाले १२ औं चरणको खेल रोमान्चक बन्ने देखिन्छ । आज दशरथ रंगशालामा तालिकाको […]

टी-ट्वान्टी विश्वकप छनोट: ओमानमाथि नेपालको शानदार जित

काठमाडौं,फागुन,६-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको छ । १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रनमात्र जोड्न सक्यो ।  ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ […]

सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं,फागुन,७-सत्ता साझेदारीहरुको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको हो ।बैठकका लागी बिहान १० बजेबालुवाटार बोलाइएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि निष्कर्षविहीन भएको थियो । सत्ता गठबन्धनको मुख्य दल कांग्रेस एमसीसी टेबुल गर्ने पक्षमा छ भने […]

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसी टेबल नहुने

काठमाडौं,फागुन,६-प्रतिनिधिसभाको बैठक आज बस्दै छ।संसद् सचिवालयले सार्वजनिक गरेको शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी टेबल गर्ने प्रस्ताव उल्लेख गरिएको छैन । सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गर्नुभएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने एउटा मात्र प्रस्ताव छ । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीको सन्दर्भमा छलफलका […]

टी-ट्वान्टी विश्वकप छनोट : नेपालले आज ओमानसंग सामना गर्दै

काठमाडौं,फागुन,६-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को पहिलो खेलमा नेपालले आज शुक्रबार घरेलु टोली ओमानको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ  । छनोटको समूह ‘‘ए’ मा रहेको नेपाल घरेलु टोलीलाई हराउँदै […]

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि व्यावसायिक उडान शुरू हुँदै

काठमाडौं,फागुन,६-नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्नुपूर्व एरो थाईले शुक्रवारदेखि परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्दै छ । क्यालिब्रेशन फ्लाइट सम्पन्न भएपछि व्यावसायिक उडानका लागि एक समिति गठन गरिएको छ।उक्त समितिलाई जेठ २ देखि व्यावसायिक […]

थप ५७० जना कोरोना संक्रमित,१ हजार ९९३ जना संक्रमणमुक्त

काठमाडौं,फागुन,५-नेपालमा विगत २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा मुलुकभर ९ हजार ७८९ ओटा नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार उक्त अवधिमा ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ र २ हजार […]

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं,फागुन,४-प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचिमा भने एमसीसी टेबल गर्ने विषय परेको छैन । सभामुख अग्नि सापकोटाले बैठक अघि कार्यब्यवस्था परामर्श समितिको बैठक राखेकाले उक्त बैठकबाट एमसीसी टेबल गर्ने कार्यसूचि थपिने सक्ने बताइएको छ । यद्यपी सत्ता घटकहरुबीच […]