एजेन्सी,फागुन,४-युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा युवा फरवार्ड केलियन एमबाप्पेको गोलमा पिएसजीले जित निकालेको हो ।पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १-० ले पराजित गरेको हो । एमबाप्पेले इन्ज्युरी समयमा सव्सिच्युट ब्राजिली फरवार्ड नेयमार जुनियरको ब्याकहिल […]
समाचार
ग्लोबल छनोटका लागि नेपालको अन्तिम टोलीको घोषणा
काठमाण्डौं,फागुन,३-आसन्न ग्लोबल छनोटका लागि नेपालको अन्तिम टोलीको घोषणा भएको छ। मंगलवार नेपाल क्रिकेट संघले नवनियुक्त मुख्य प्रशिक्षक पुवुदु दासानायकेको १४ सदस्यीय टोली सार्वजनिक गरेको हो। नवनियुक्त कप्तान सन्दिप लामिछानेको नेतृत्वमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दिपेन्द्र सिंह ऐरि, शरद भेषावकर, कुशल भुर्तेल, मोहम्मद आसिफ सेख, मोहम्मद आरिफ सेख, अभिनाष बोहरा, जितेन्द्र कुमार मुखिया, कमल […]
च्याम्पियन्स लिग : आज पिएसजी र रियल म्याड्रिड भिड्ने
एजेन्सी,फाल्गुन,३-युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार रातिबाट प्रि-क्वाटरफाइनलको चरण अन्तर्गत पहिलो लेगको दुई खेल हुँदैछ । निकै प्रतिक्षित खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र स्पेनिस क्लब रियल म्याड्रिड भिड्दै छन् । खेल पिएसजीको मैदान पार्क डेस प्रिन्सेसमा नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ । स्टार खेलाडीले भरिएको फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी […]
ज्ञानेन्द्र शाही नेतृत्वको अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने
काठमाण्डौं,फाल्गुन,३-ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ। मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले शाही नेतृत्वको सो अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो। समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव […]
आज नेपाल र आयरल्यान्डबिच प्रतिस्पर्धा हुने
काठमाडौं,फाल्गुन,२-नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोट खेल अघिको अभ्यास खेलका रुपमा रहेको चार देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा आज (सोमबार) आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। ओमान स्थित अमरेत क्रिकेट मैदानमा दिउँसो ३:४५ मा सुरु हुने खेलमा नेपाल सिरिजको अन्तिम खेलमा जित निकाल्दै विश्वकप अघि आफुलाई बलियो रहेको प्रमाणित गर्न चाहन्छ। अघिल्ला दुई खेलमा ओमानलाई ६ विकेटले […]
रुसलाई तत्काल वार्तामा बस्न युक्रेनको आग्रह
काठमाण्डौं,फाल्गुन,२-युक्रेनले आफ्नो सीमामा बढ्दो क्रममा रहेको तनाव अन्त्य गर्न रुस र अन्य युरोपेली सुरक्षा समूहका प्रमुख सदस्यबीचको बैठकको माग गरेको छ। युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले रुसले सीमाक्षेत्रमा सैनिक परिचालनबारे जानकारी माग गरी पठाइएको सबै आधिकारिक आग्रहको बेवास्ता गरेको बताएका छन्। उनले अबको अर्को कदमको रुपमा ४८ घण्टाभित्र रुसको योजनाबारे पारदर्शी जानकारीसहितको बैठकको माग गरिएको उल्लेख […]
आज एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं,फाल्गुन,२-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ।बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ। विशेष गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराईएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको […]
आज सर्वदलीय बैठक बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने
काठमाडौं,फाल्गुन,२-प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै दिउँसो २ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । उहाँको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने बताइएको छ । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा […]
नेपाल सुपर लिगको दोस्रो संस्करण सुरु हुदै,तीन टोली थपिए
काठमाडौं,फागुन,२-नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा तीन टोली थपिएका छन् । योसँगै अब एनएसएलमा सहभागी टोलीको संख्या १० पुगेको छ । यसै वर्षको बैशाख-जेठमा भएको पहिलो संस्करणमा ७ टोलीको सहभागिता रहेको थियो । आयोजक एनएसइएमले आइतबार पत्रकार सम्मेलनमार्फत थपिएका नयाँ तीन टोलीको घोषणा गरेको हो […]
आज ‘प्रणय दिवस’ विश्वभर प्रेम साटासाट गरी मनाईंदै
काठमाडौं,फाल्गुन,२-आज (सोमबार) फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) विश्वभर एक आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा खासगरी प्रेमीप्रेमिका परिवार साथिभाइहरु तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गरी प्रेम सद्भाव साटासाट गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन्।विशेषगरी यस दिवसमा रातो गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । […]



