काठमाडौं,असोज,२२-मन्त्री परिषदले आज पूर्णता पाउने भएको छ ।शेरबहादुर देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूणर्ता पाउन लागेको हो । लामो समय देखि मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन नसकेका सत्ता गठबन्धनले अन्ततः बिहीबार (हिजो) मन्त्रालय भागबन्डामा सहमति जुटेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको हो । नवनियुक्त मन्त्रीहरुले आज अपराह्न ४ बजे राष्ट्रपति […]
समाचार
आज नवरात्रीको दोस्रो दिन, शक्तिपिठहरुमा माता ब्रम्हचारिणीको पूजा अर्चना गरिंदै
काठमाडौं,असोज,२२-नेपालीहरुको महान् चाड बडादसैँको दोस्रो दिन आज पनि दुर्गा भवानीको पूजा आराधना गरिंदैछ । कोत तथा दशैंघरमा हिजो विधिपूर्वक घटस्थापना गरेपछि यस वर्षको वडादशैं सुरु भएको हो । नवरात्रको अवधिमा वैदिक विधिपूर्वक घटस्थापना गरी नौ रात दश दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गर्ने गरिन्छ । नवरात्र पर्वको दोस्रो दिन आज माता ब्रह्मचारिणीको […]
एकीकृत समाजवादीले चार मन्त्रालय पाउने पक्का,पाँच मन्त्री पठाउने
काठमाडौं,असोज,२१-नेकपा (एकीकृत समाजवादी)ले स्वास्थ्यसहित चार मन्त्रालय पाउने पक्का भएको छ । बिहीबार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरूले स्वास्थ्य तथा जनसंख्यासहित चार मन्त्रालय पाउने पक्का भएको बताउनुभएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टीले स्वास्थ्यसहित शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालयको जिम्मेवारी पाएको जानकारी दिँदै सरकारमा पाँच […]
गौतमबुद्ध क्रिक्रेट रंगशालाको जिम्मेवारी भरतपुर महानगरले लिन्छ-मेयर दाहाल
चितवन,असोज,२१-भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको जिम्मा महनगरले लिने बताउनुभएको छ । भरतपुरको एक कार्यक्रममा बोल्दै दाहालले जनस्तरबाट रकम संकलन हुन सके निर्माणसम्पन्न पश्चात र रकम संकलन नभए जति निर्माण भएको छ त्यहीँबाट महानगरलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख भएको भन्दै अलपत्र हुन नदिने बताउनुभएको हो । महानगरले जग्गा […]
साफ फुटबल : भारत र श्रीलंकाबिचको खेल बराबरी
काठमाडौं,असोज,२१-भारतले श्रीलंकासँग बराबरी खेल्दै अंक बाडेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको साफ च्याम्पियनसिप फुटबल खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो । खेलमा बल पोसेसनमा पकड जमाएपनि भारतले श्रीलंकाविरुद्ध गोल गर्न सकेन । उसले पाएको केहि मौकालाई गुमाएको थियो । श्रीलंकाले पनि केहि गोलको अवसर खेर फालेको थियो । भारतको यो लगातार […]
नेपालीहरुको महान चाड बडा दशैं आजबाट सुरु, घर घरमा जमरा राखिदैं
काठमाडौं,असोज,२१-नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरी मनाइदै छ । पौराणिक मान्यता अनुसार दुर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजदेखि घर घरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ । नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । […]
एमसीसी तत्काल पारित गर्न निजी क्षेत्रका तीनवटै संगठनको आग्रह
काठमाडौं,असोज,२०-मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना तत्काल पारित गरी कार्यान्वयन गर्न निजी क्षेत्रले आग्रह गरेको छ । निजी क्षेत्रका तीनवटै छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता तत्काल पारित गर्न आग्रह गरेको हो । नेपाल र अमेरिकी सहयोग परियोजना (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ […]
भारतले अर्को साता १० लाख डोज कोभिसिल्ड खोप पठाउने
काठमाण्डौं,असोज,२०-दक्षिणी छिमेकी भारतले नेपाल खरिदका लागि अर्डर गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ। बुधबार परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले यसबारेमा जानकारी दिनुभएको हो । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेट गरेर द्विपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल […]
थपिए १०४३ जना कोरोना संक्रमित, संक्रमणबाट १२ जनाको मृत्यु
काठमाडौं,असोज,२०-नेपालमा विगत २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानाकारी अनुसार सो अवधिमा ११ हजार १६५ पीसीआर ओटा परीक्षण गर्दा ८४९ जना र ४ हजार ३०० ओटा एन्टिजेन परीक्षण गर्दा १९४ जना गरी कुल १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]
सुन तस्करी प्रकरण : मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्म कैदको सजाय
काठमाण्डौं,असोज,१९-३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएर थुनामा रहेका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ। मोरङ अदालतका न्यायाधीश भरत लम्सालसहितको इजलासले सुन तस्करीमा प्रयोग गरिएका भरिया सनम शाक्यको हत्या प्रकरणमा ज्यान मुद्दा अन्तर्गत ८ जनालाई दोषी ठहर गरेको हो। जसमध्ये गोरेसहित ६ जनालाई जन्मकैद र एक जनालाई ३ […]


