काठमाडौं,असोज,२५-माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।आइतबार राति भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । उनले फारुख चौधरीको हेडर पासमा गोल गरेका हुन्।भारतका लागि सुनिलको […]
समाचार
मन्त्री बनेको ३ दिनमै गजेन्द्र हमालले दिए राजीनामा
काठमाण्डौं,असोज,२४-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिनुभएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिनुभएको हो। उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन्। प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री […]
रोल्पाका द्वन्द्वपीडितलाई परिचयपत्र
रोल्पा,असोज,२४-सत्य निरूपण तथा मेलमिलाप आयोगले रोल्पाका द्वन्द्वपीडितहरूलाई परिचयपत्र वितरण शुरू गरेको छ । रोल्पाको लिबाङमा एक कार्यक्रमको आयोजना गरी पीडितहरूलाई परिचयपत्र वितरण गरिएको हो । आयोगकी सदस्य विष्णु पोख्रेलको उपस्थितिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले परिचयपत्र वितरण गर्नु भएको थियो । हालसम्म निरूपण भएका १४ ओटा उजुरीमध्ये ७ जनालाई परिचयपत्र वितरण गरिएको छ […]
कंगोमा डुंगा दुर्घटना, १ सय भन्दा बढीको मृत्यु भएको अनुमान
एजेन्सी,असोज,२४-डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटना हुँदा १ सयजना भन्दाबढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ। कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो। कंगोका नागरिक देशकै ठूलो कङ्गो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन्। उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको […]
साफ च्याम्पियनसिपमा : आज नेपाल र भारत भिड्ने
काठमाडौं,असोज,२४-माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ । सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन।तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान […]
थपिए ७६० जना कोरोना संक्रमित, संक्रमणबाट ११ जनाको मृत्यु
काठमाडौं,असोज,२३-नेपालमा विगत २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ६ हजार १६८ ओटा पीसीआर परीक्षण गर्दा ६३६ जना र ५ हजार ८६३ ओटा एन्टिजेन परीक्षण गर्दा १२४ जना गरी कुल ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना […]
बालोन डी ओर अवार्डको मनोनयनका लागी ३० खेलाडीको नाम सार्वजनिक
काठमाडौं,असोज,२३- फुटबलको चर्चित बालोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो । सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो लगायतका खेलाडी अटाएका छन् । मनोनयनमा परेका मध्येबाट एक जनालाई विजेता घोषणा गरिनेछ । […]
चितवन टाइगर्स पहिलो पटक ईपीएल च्याम्पियन
काठमाण्डौं,असोज,२३-पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन टाइगर्सले पहिलो पटक एभरेष्ट प्रिमियर लिग (इपीएल) को उपाधि जितेको छ। योसँगै सोमपाल कामीले आफ्नो कप्तानीमा दुइ फ्रेन्चाइज टिमलाई दुई अगल घरेलु प्रतियोगिताको उपाधि दिलाएका छन्। सोमपालको कप्तानीमा यसअघि सन् २०१७ ले धनगढीले धनगढी प्रिमियर लिगको उपाधि जितेको थियो। यता विनोद भण्डारी भने पहिलो उपाधिबाट वञ्चित भएका छन। जितसँगै चितवनले ५० लाख रुपैयाँ […]
रक्षामन्त्री भएको भोलिपल्टै आफ्नो निर्वाचन क्षेत्र जाँदै मीनेन्द्र रिजाल
काठमाण्डौं,असोज,२३-नेपाली कांग्रेसका नेता एवं नवनियुक्त रक्षामन्त्री मीनेन्द्र रिजाल आज (शनिबार) मोरङस्थित आफ्नो निर्वाचन क्षेत्र जाने भएका छन्। उहाँले दिएको जानकारीअनुसार अहिले १० बजेको उडानमार्फत काठमाडौंबाट मोरङ प्रस्थान गर्ने छन्। त्यहाँ आफ्नो निर्वाचन क्षेत्र २ का स्थानीयलाई दिउँसो १ बजे बीपी सेवा केन्द्र डाइनियामा भेट्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो। त्यसका लागि रक्षामन्त्री रिजालले स्थानीयलाई त्यहाँ […]
मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठक–जनअपेक्षा अनुसार काम गर्न देउवाको निर्देशन
काठमाण्डौं,असोज,२२-प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ।मन्त्रिपरिषद्ले पूर्णता पाएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार उत्साह र इमानदारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो । त्यस अवसरमा उहाँले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेको नवनियुक्त […]




