अब १८ वर्षमुनिकालाई पनि कोरोना खोप लगाईने

अब १८ वर्षमुनिकालाई पनि कोरोना खोपकाठमाण्डौं,कार्तिक,७-सरकारले अब १८ वर्षमुनि १२ वर्षमाथिका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप चाँडै लगाउन सुरु गर्ने भएको छ।अहिलेसम्म सरकारले १८ वर्षमाथिका नगारिकलाई मात्र कोरोना खोप दिइरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभ्याक्स सुविधामार्फत सोमबार अमेरिकाबाट १ लाख डोज फाइजर खोप नेपाल ल्याइँदै छ। यसपछि १२ वर्षदेखि १८ वर्षसम्मका बालिबालिकालाई खोप दिन सुरु गरिने मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलका अनुसार खोप सीमित भएकाले तत्काललाई १२–१८ वर्ष समूहका दीर्घरोगीलाई मात्र दिइनेछ। पछि थप खोप आएपछि यस समूहका सबैलाई लगाउन सुरु गर्ने योजना  सरकारको छ।

अमेरिकाका फाइजर र बायोएनटेक कम्पनीद्वारा उत्पादित फाइजर खोप अमेरिकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाले लगाइसकेका छन्।