काठमाडौं,चैत,३-राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज (मंगलबार) शीतल निवास (राष्ट्रपतिको कार्यालय) मा सर्वदलीय बैठक बस्दै छ। देशमा राजनीतिक विवाद बढ्दै गएपछि छलफलका लागि राष्ट्रपतिले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई हिजै (सोमबार) पत्र पठाएर आज सर्वदलीय बैठकमा आउन आग्रह गर्नु भएको थियो । आज अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा आउन भनिएको जनता समाजवादी पार्टीका संघीय […]
समाचार
भोलिको संसद बैठकको कार्यसूची सार्वजनिक
काठमाडौं,चैत,२-संसद सचिवालयले भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले संभावित कार्यसूची सार्वजनिक गरेको हो। संभावित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्। त्यसपछि शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ । सभामुखले संविधानसभा […]
एमालेको नेपाल पक्षले ४ र ५ गतेको कार्यकर्ता भेला नरोक्ने
काठमाडौं,चैत,२-एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गतेका लागि डाकेको कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेट वार्तापछि नयाँ बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षको बैठकले कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो । नेपाल पक्षले प्रधानमन्त्री ओलीले मंगलबारका लागि डाकेको चियापान कार्यक्रममा समेत सहभागी नहुने निर्णय […]
अरुको बुई चढेर सत्तामा जान नहुने पौडेलको धारणा
काठमाडौं,चैत,२-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस अरूको बुई चढेर सत्तामा जान नहुने बताउनुभएको छ । पर्वतको कुश्मा बजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानुभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो । पौडेलले अहिलेको अवस्थामा संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व […]
फागुन २८ को निर्णय रद्द गरे हाम्रा गतिविधि रोक्छौं-भीम रावल
काठमाडौं,चैत,२-नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले ओलीले पक्षले २८ गते गरेको निर्णय रद्द गरेपछि आफ्ना गतिविधिहरू पनि रोक्ने बताउनुभएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै नेपालपक्षीय नेता रावलले २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय फिर्ता हुनुपर्ने बताउनुभयो । पार्टीको विधान विपरित, […]
सुदूरपश्चिममा डेढ लाखले लगाएर कोरोनाविरुद्धको खोप
काठमाडौं,चैत,२-सुदूरपश्चिम प्रदेशमा १ लाख ५० हजारले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप लगाएका छन्।सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले हालसम्म प्रदेशभरी १ लाख ५० हजार जनालाई खोप लगाइएको जानकारी दिनुभयो। पहिलो चरणको पहिलो र दोस्रो प्राथमिकता तथा दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका नागरिकलाई खोप लगाइएको हो । सबैभन्दा बढी कैलालीमा ४० हजार ३ सय १ जनालाई खोप […]
एमाले विवाद:ओली-नेपाल समूहकाे वार्ता सकियो
काठमाडौं,चैत,२-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भेटवार्ता सकिएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफल सकिएको हो। पार्टीभित्रको विवाद चर्किएको चार महिनापछि दुई पक्षबीच भेटवार्ता भएको हो। छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी थिए। नेपाल तर्फबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम […]
नेपालमा थप ५३ संक्रमित, ७७ जना संक्रमणमुक्त
काठमाडौं,चैत,१-नेपालमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा २ हजार ६ सय १५ पीसीआर परिक्षण भएको हो ।पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल […]
लहान बम विस्फोट:गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौं,चैत,१-सिराहाको लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।विस्फोटमा मालपोत कार्यालयका दुई जना कर्मचारी र ६ जना सेवाग्राही घाइते भएका छन् । घटनामा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई नेपाली सेनाले हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं ल्याएको छ ।पिँडुला, पिठ्यूँसहित शरीरका विभिन्न भागमा चोट लागेका भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।धनगढी […]
सुरक्षाकर्मीको गोलीबाट म्यानमारमा १२ जनाको मृत्यु
काठमाडौं,चैत,१-म्यानमारको सैन्य शासक झन क्रुर बन्दै गएको छ। सुरक्षाकर्मीले शनिबार श्रद्धाञ्जली सभामा अन्धाधुन्ध गोली चलाएर १२ जना सर्वसाधारणको हत्या गरेका छन्। सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएका थिए। म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको रोयटर्सले जनाएको छ। मृत्यु हुनेमा १३ […]



