विप्लवसहित पहिलोपटक चार दलीय मोर्चाको बैठक

काठमाडौं,फागुन,२२-चार दलीय रणनैतिक संयुक्त मोर्चाको बैठक काठमाडौँमा बसेकोछ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्द फुकुवा भएसँगै संयुक्त मोर्चाको बैठक बसेको हो। बैठकमा मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, आहुति, ऋषि कट्टेल, सीपी गजुरेल, खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड”, जागृत रायमाझी लगायत उपस्थित छन्।बैठकमा चार कम्युनिस्ट पार्टीको रिपोर्ट, समीक्षा र भावी रणनीतिका विषयमा छलफल भइरहेको नेता जागृत रायमाझीले जनाकारी […]

जापानको टोकियोमा संकटकालको अवधि पुन: लम्बियो

जापान,फाल्गुन,२२-जापानको राजधानी टोकियो क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको छ ।  प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको शुक्रवार घोषणा गर्नुभएको हो । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नु परेको उहाँको भनाइ छ ।  संकटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिनुभयो । राजधानी टोकियोसँगै […]

प्रधानमन्त्री ओलीले भोली कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं,फागुन,२२-प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउनु हुने भएको छ। प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको कोभिड शिल्ड खोप  लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो। प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्‍या सिंह शाहले पनि प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई पनि कोरोना विरुद्धको […]

विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड

काठमाडौं,फागुन,२२-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको दावी गर्नु भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विप्लव नेकपाका नेताहरुलाई नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा आफू रहेको बताउनुभयो।उहाँले आफूले कोरेकै गोरेटोमा आएकोमा विप्लवलाई धन्यवाद समेत दिनुभयो। ‘यहाँ विप्लवजीसँग सम्बन्धित कमरेडहरु पनि […]

नेकपा विभाजन नभइ कुनै कदम चाल्नुहुँदैन-डा.शेखर कोइराला

काठमाडौं,फाल्गुन,२२-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नभइ पार्टीले कुनै पनि कदम चाल्न नहुने बताउनुभएको छ । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले पार्टीले नेकपाको विभाजनलाई कुनपर्ने बताउनुभयो । उहाँले कांग्रेस नेतृत्वले आगामी चुनाव गराउनुपर्नेमा जोड दिँदै सरकारमा जानुपर्ने गर्नुपर्ने धारणा राख्नुभयो । […]

म प्रधानमन्त्री बन्न लालाहित छैन:शेरबहादुर देउवा

काठमाडौं,फाल्गुन,२२-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको लागि लालाहित नभएको बताउनुभएको छ । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनुभएको हो ।‘म प्रधानमन्त्रीको लागि लालाहित छैन, विनाकारण हल्ला चलाइयो,’ उहाँले भन्नुभयो, ‘तर, विपक्षी दलको नेता जहिले पनि वेटिङ प्राइमिनिस्टर हो ।’ आफूले प्रधानमन्त्री […]

वामदेवलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटी पुगे

काठमाडौं,फागुन,२१-विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुग्नु भएको छ। गौतमलाई भेट्न ओली शुक्रबार बेलुकी गौतम निवास भैंसेपार्टी पुग्नु भएको हो। प्रचण्ड-माधव समूहले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगमा ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा […]

निर्वाचन आयोगले नेकपा विवादको टुंगो आइतबार लगाउने

काठमाडौं,फागुन,२१-निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादको टुंगो आइतबार लगाउने बताएको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबारभित्रमा नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने बताउनुभयो । शुक्रबार आयोग पुगेका प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग प्रमुख आयुक्त थपलियाले आइतबार आयोगको बैठक राखेर आधिकारिकताबारे निर्णय गर्ने बताएको स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले जानकारी दिनुभयो।‘प्रमुख निर्वाचन आयुक्तले आइतबार बैठक राखेर यस […]

काँग्रेसको अझै स्पष्ट धारणा आएन, उचित समयमा उचित निर्णय लिने

काठमाडौं,फागुन,२१-नेपाली कांग्रेसको संसदीय दलको बैठकले शुक्रबार पनि आफ्नो स्पस्ट धारणा तय गर्न सकेको छैन।शुक्रबार बसेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न नसकेको हो । बैठकमा पार्टीका २९ जना सांसद्हरुले आफ्ना धारणा राखेका थिए।सांसदहरूको विचार, धारणा र भनाइलाई ध्यानमा राखेका पार्टीले निर्णय गर्ने कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा नेकपाका […]

विप्लव समूहका सेती-महाकाली इञ्चार्ज पुन रिहा

कैलाली,फागुन,२१-विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई जिल्ला अदालत कैलालीबाट रिहा गरिएको छ । जिल्ला कारागार कैलालीबाट जिल्ला अदालत ल्याएर पुन र अर्का प्रदेश सदस्य विवेक कुमाललाई रिहा गरिएको हो । नेपाल सरकार र विप्लब नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएपछि उनीहरुलाई रिहा गरिएको अदालतले जनाएको छ । रिहा भएपछि पुन र कुमाललाई नेकपा […]