घोडेजात्रा पर्व आज मनाईंदै

काठमाडौं, चैत १४ – हरेक वर्ष चैत कृष्ण औँशीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौं उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिउन् भनी चतुर्दशीका दिन […]

कालीका सेस्यूरिटीजको नेपालगंजमा शाखा विस्तार, धितोपत्र खरिद विक्री सेवा शुरु

रञ्जीता ढकाल थापा, बाँके,चैत्र १३- कालीका सेस्यूरिटीज प्रा.ली ले आज देखी नेपालगंजमा शाखा स्थापना गरेको छ । कालीका सेस्यूरिटीज प्रा.ली ले शाखा स्थापना गरे संगै सुदुपश्चिम र मध्यपश्चिमका उद्योगी,व्यापारी,व्यवसायी,तथा सर्वसाधारण सबै उत्साहित भएका छन् । आज देखि नेपालगंज शाखाबाट शेयर खरिद तथा बिक्री सेवा शुरु गरिएको छ । धितोपत्रको दोश्रो बजारमा हुने कारोबार अब देखि […]

बजेट बहश सुरुः स्थानीय बजेट ह्वात्तै बढ्ने

काठमाडौं,चैत, १३-  अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ । यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो । पुनः संरचनासँगै अधिकारसम्पन्न स्थानीय निकाय जेठको पहिलो सातादेखि नै सक्रिय हुने अवस्था भए पनि बजेटको निर्माणप्रक्रिया पुरानो ढाँचामा अघि बढेको […]

स्थानीय निर्वाचनको रणनीति बनाउँदै काँग्रेस,बैठकले पदाधिकारी नियुक्तीको विषय नछुने

काठमाडौं, चैत १३- लामो समयपछि आज बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थानीय निर्वाचनको रणनीतिमा केन्द्रित हुने नेताहरुले बताएका छन्। यद्यपी निर्वाचनका लागि स्थानीय पार्टी संरचना र प्रचारप्रसार समितिहरु बनाउने औपचारिक निर्णयक बाहेक अरु के विषयमा छलफल हुन्छ भन्ने टुंगो लागिसकेको छैन।सानेपास्थित पार्टी कार्यलयमा बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले कार्यसम्पदान समिति गठनको प्रस्ताव पेस गर्ने […]

चीनको आर्थिक विकासबाट नेपालले फाइदा लिनुपर्छु:प्रधानमन्त्री,नेपालको एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह

बेइजिङ, चैत १२- चिनको हाइनानमा आयोजित बोआओ एसियाली मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ बेइजिङ्स्थित नेपाली दूतावासको रात्रीभोजमा सरिक हुनुभएको छ। चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले प्रधानमन्त्री लगायत चीन भ्रमणमा रहेको टोलीलाई स्वागत गर्नुभयो ।यसअघि राजदूत पौडेल प्रधानमन्त्री सहभागी भएको बोआओ सम्मेलनमा पनि सहभागी हुनुभएको थियो । बेइजिङस्थित दूतावासको […]

राष्ट्रवादी विकाशसील अभियान परिषद्को समीक्षा गोष्ठि सम्पन्न

काठमाण्डौं,चत्रै १२- राष्ट्रवादी विकाशसील अभियान परिषद् नेपालले आगामी जेष्ठ १२ र १३ गते गर्ने राष्ट्रिय भेलालाई लक्षीत गर्दै समीक्षा गोष्ठि सम्पन्न गरेको छ । अभियान्ता कमल राज श्रेष्ठको संयोजकत्वमा आज केन्द्रिय कार्यालय चावहिलमा बसेको उक्त समीक्ष गोष्ठिमा अभियन्ताहरु कुबेर गौतम,स्वामी राजा नन्द माण्डवे,पुष्पराज पुरुष लगायत तमाम राष्ट्रवादी न्याय प्रेमीको उपस्थिती रहेको थियो । उक्त समिक्षा […]

शहीद गौतमका परिवारलाई १० लाख हस्तान्तरण , भारतले माफी माग्नुपर्छ गृहमन्त्री, कांग्रेसका तर्फबाट ७ लाख सहयोग

कञ्चनपुर,चैत, १२ – कञ्चपुर जिल्लाको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ । गृहमन्त्री बिमलेन्द्र निधिले गौतमको घरमा पुगेर परिवारलाई भेटी सरकारले दिने भनेको राहत रकम हस्तान्तरण गर्नुभयो। उहाँले नेपाली कांग्रेसको तर्फबाट छुट्टै ७ लाख राहत पनि शहीद पत्नी लक्ष्मी गौतमलाई […]

सेना परिचालन गरेर निर्वाचन गर्न खोजे मुलुककै लागि प्रत्युत्पादकः संयोजक यादव

काठमाडौं, चैत १२ – संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारले सेना परिचालन गरेर निर्वाचन गर्न खोजे मुलुककै लागि प्रत्युत्पादक हुने चेतावनी दिनुभएको छ । काठमाडौंमा आज गरिएको साक्षात्कारमा संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहनु भएका यादवले सिमांकनलाई थाँती राखेर आफूहरु निर्वाचन जान नसक्ने बताउनुभयो । उनले वार्ता र सहमतिका लागि नेकपा एमाले बाधक भएको भन्दै एमालेकै […]

६४ जिल्लामा मतदान केन्द्र तोकियो, करिब १ करोड ४० लाख मतदाता

 काठमाडौं, चैत १२ – आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ६४ जिल्लामा मतदान केन्द्र तोक्दै झन्डै २० जिल्लाका लागि मतपत्रसमेत छपाइसकेको छ ।७५ जिल्लामा मतदान केन्द्र तोकिएसँगै अन्तिम मतदाता नामावली पनि टुंगो लगाउने तयारी आयोगले गरेको छ । आगामी वैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख […]

कोहलपुरमा कृषक सम्बन्धी प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न

कोहलपुर,चैत्र १२- ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा रिड नेपाल र प्रयाक्टीकल एक्सनको सहयोगमा प्राविधिक प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाँकेका विभिन्न कृषक समुहहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कृषक समुह कोहलपुर २ फुलवारी, प्राविधिक कृषक समुह नौवस्ता ८, मुक्ति प्राविधिक कृषक समुह कोहलपुर २, सगरमाथा प्राविधिक कृषक समुह नौवस्ता […]