चिनियाँ रक्षामन्त्री नेपाल आउँदै, आजै प्रधानमन्त्रीसँग भेट गर्ने

काठमाडौं, चैत्र,१० -चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान आज नेपाल आउँदै हुनुहुन्छ । तीनदिने भ्रमणका लागि उहाँ पौने एक बजे नेपाल अवतरण गर्नुहुने भएको छ ।उहाँले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता कार्यक्रम तय भएको छ । चिनियाँ रक्षामन्त्रीसँगको भेटपछि प्रधानमन्त्री दाहाल चीन जानु हुनेछ । श्रीलंकाको भ्रमण सकेर नेपाल हुँदै बेइजिङ फर्किन लागेका रक्षामन्त्री चाङले आजै नेपाली […]

छुटेका दलको दबावमा मतमत्र छपाइ स्थागित

काठमाडौं,चैत, १०- निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ । आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न छपाइ रोकेर पुनः मुद्रण गर्ने निर्णय गरेको हो । नेपाली […]

स्थानीय चुनावमा सेना पनि परिचालन गर्ने सुरक्षा परिषद् बैठकको निणर्य

काठमाडौँ, चैत १०-सुरक्षा परिषद्को बुधबार भएको बैठकले आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने गरी नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ। रक्षामन्त्री बालकृष्ण खाँणले विगतको निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि मतपेटिकालाई मतदानस्थलसम्म पुर्याउने र मतदान सकिएपछि सम्बन्धित ठाउँसम्म पुर्याएर त्यसको सुरक्षार्थ सेना खटाउने निर्णय भएको […]

प्रधानमन्त्री दाहाल आज राति चीन जादै

काठमाडौं, चैत १०- प्रधानमन्त्री पुष्पकमल दाहाल आज  चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।एशियाका लागि पोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको पोआओतर्फ प्रस्थान गर्न लागेको हो । भ्रमणका क्रममा कुनै सम्झौता भने गरिने छैन । यद्यपि, चिनियाँ राष्ट्रपति सी सिनफिङसँग राजधानी बेइजिङमा शनिवार छोटो समयका लागि भेटको वातावरण मिलाइएको छ […]

सत्य निरुपण तथा मेलमिलाप आयोग आफैं विवादमा फसेको आरोप

काठमाडौं, चैत ९-  सत्य निरुपण तथा मेलमिलाप आयोग पीडितहरुप्रति उत्तरदायी नभएको गुनासो पीडितहरुले गरेका छन् ।सत्य निरुपण तथा मेलमिलाप आयोगका प्रतिनिधिसँग आयोग कार्यालय बबहरमहलमा भएको छलफलमा उनीहरुले आयोग बने पनि पीडितका समस्या सामधान गर्न नसकेको आरोप लगाएका हुन् । आयोगले पीडितहरुका समस्या सामधान गर्नुको साटो आफै विवादमा फसेर दुनियाँ हसाउने काम गरिरहेको उनीहरुले बताए ।पीडितहरु […]

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विदेश भ्रमण रोक्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं, चैत ९-  निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विदेश भ्रमण रोक्न निर्देशन दिएको छ ।आयोगको आज दिउँसो बसेको बैठकले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा कुनैपनि देशको भ्रमणमा नजान निर्देशन दिने निर्णय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको बोआओ सम्मेलनमा सहभागी हुन बिहीबार भोलि राति चीन जाने तयारी गरिरहेकोबेला निर्वाचन आयोगले भ्रमण स्थगित […]

निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था गर्नेसम्बन्धी विधेयक संसदबाट बहुमतले पारित

काठमाडौं, चैत ९-व्यवस्थापिका–संसदले राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने गरी बनाएको मतसीमा थ्रेसहोल्डको व्यवस्थासहितको राजनीतिक दलसम्बन्धी विधेयकलाई बहुमतले पारित गरेको छ ।आज दोस्रोपटक बसेको संसद बैठकले साना दलहरुको विरोधबीच विधेयक बहुमतले पारित गरेको हो । यो विधेयकको पक्षमा प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र […]

क्रान्तिकारीले पद्मोदयमा बुझायो माग पत्र

जंग रेउले, घोराही, चैत्र,८-  दाङमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थीले पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयमा माग पत्र बुझाएको छ । क्रान्तिकारीले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई उदृत गर्दै विद्यालयका प्रिन्सीपल डा. कृष्णराज डिसीलाई  ६ बुदे मात्र पत्र बुझाएको हो । माध्यामिक तहको अध्ययन तथा अध्यापन एउटै समयमा गराउनु पर्ने नितिलाई तत्काल लागु गर्नुपर्ने, अभिभावक […]

कार्यकक्षमै कर्मचारीमाथि आक्रमण

जुम्ला, चैत ८ – शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय जुम्लाका सव–इञ्जिनियर चन्द्रबहादुर खड्कामाथि निर्माण व्यवसायीले हातपात गरेका छन् । हातपात गर्ने निर्माण व्यवसायीमा गगन बुड्थापा र विष्णुबहादुर महत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । दुवै व्यवसायीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो । हाकिमसँग […]

नेपाल प्रहरी महानिरीक्षक नियुक्तिको आज सर्वोच्च आदलतले आज फैसला सुनाउँदै

काठमाडौं, चैत ८ – नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धमा परेको मुद्दामा सर्वोच्च आदलतले मंगलबार फैसला सुनाउँदै छ । प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा। आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि आज फैसला गर्ने सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । मुद्दामा सरकारकातर्फबाट उपन्यायाधीवक्ता रेवती त्रिपाठी र […]