नेपाल पत्रकार महासंघ आज आफ्नो ६२ औं स्थापना दिवस मनाउदै

काठमाडौं, चैत १६-
नेपाल पत्रकार महासंघले आज ६२ औं स्थापना दिवस देशभर मनाउँदैछ । दिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउँमा कार्यक्रम गर्ने जनाएको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको स्थापना २०११ साल चैत १६ गते भएको थियो ।

महासंघका अध्यक्ष महेन्द्र विष्टले दिवसको अवसरमा शुभकामना दिँदै देशमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारको हकहितका लागि सशक्त रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ ।

उहाँले राजनीतिक संक्रमण र नयाँ नेतृत्व चयनको बेला अझ संवदेनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न संचारमाध्यम र पत्रकारहरुलाई अपील गर्नुभएको छ ।