रेडियो मध्यपश्चिम प्रशारणको एक दशक पुरा

निमुसगंम घर्ती
दाङ,जेठ,१-
रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आफ्नो प्रशारण सेवामा एक दशक पुरा गरेको छ । दाङ सुचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियोले प्रशारण सेवामा दश बर्ष पुरा गरेको अबसरमा ११ औँ स्थापना दिबस मनाएको छ ।

रेडियो सञ्चालक समितिका अध्यक्ष माधबप्रसाद शर्माको अध्यक्षता एवं प्रेस काउन्सील नेपालका पूर्ब अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता र न्याय परिषद्का सदस्य पदम बैदिक र प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको बिशिष्ट आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि रेडियोले स्थापना दिबस मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नारायणप्रसाद शर्माले सञ्चार माध्यमहरुले निष्पक्ष तथा सत्य खबरको खोजी र प्रशारण गर्नुपर्ने बताउनुभयो । समाजलाई उत्प्रेरणा जगाउने, सुशासन कामय गर्ने, अग्रगामी विकास सँग जोडिएका बिषयहरुलाई सञ्चार माध्यमहरुले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यसै गरी न्याय परिषद्का सदस्य पदम बैदिकले सञ्चार माध्यमलाई सामाजिक सम्पत्तिकोरुपमा समाजले ग्रहण गर्नुपर्ने बताउनुभयो । सञ्चार जगतले पनि ईमान्दारीताका साथ विकास र शुसासनका विषयलाई प्राथमिकता दिएर सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले सञ्चार माध्यमहरु परिवर्तनको सम्बाहक बन्नुपर्ने बताउनुभयो । समाजका सबै बर्ग समुदायको नेतृत्व सञ्चार क्षेत्रले गर्नुपर्ने भन्दै उहाँले उत्साह जगाउने खालका सामाग्रिहरुलाई स्थान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सुभकामना तथा सुझाब दिने करिब दुई दर्जन बक्ताहरुले सामाजिक, आर्थिक, साँस्कृतीक र राजनितिक रुपान्तरणमा सञ्चार क्षेत्रको भुमिका अहम रहेको बताएका छन् । विकास, न्याय, अधिकार सँग जोडिएका बिषयलाई सञ्चार क्षेत्रले प्राथमिकता दिनुपर्नेमा जोड दिदै बक्ताहरुले विसंगती माथी खबरदारी गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य देवि पोख्रेल, माओबादी केन्द्रका सह ईन्चार्ज निर्मल आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रेशम बिसी, नेकपा क्रान्तिकारी माओबादीका सचिब अमर पोख्रेल, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य धु्रबराज श्रेष्ठ, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे, नागरिक समाजका संयोजक टीकाराम रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदिप शर्माले बोल्नुभएको थियो ।

त्यसैगरी विश्व सामुदायिक वन सञ्जालका अध्यक्ष घनस्याम पाण्डे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंह, सामुदायिक रेडियो प्रशारक संघका प्रदेश संयोजक केपि घिमिरे, केन्द्रीय सदस्य शुक्रराज भण्डारी, मानव अधिकार सञ्जालका संयोजक केशबकुमार शर्मा, राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल लगाएतले रेडियोलाई शुभकामना दिनुभएको छ ।

रेडियोले बार्षिक उत्सबको अबसरमा उत्कृष्ठ कर्मचारीकारुपमा लेखा प्रमुख सञ्जय पाण्डे र उत्कृष्ठ कार्यक्रम सञ्चालक प्रिती स्वर्णकारलाई नगद सहित पुरस्कृत गरेको छ ।

त्यस्तै रेडियोको स्थापना दिवसको अबसरमा रक्तदान गर्ने १० जनालाई सम्मान पत्र समेत प्रदान गरेको छ । रेडियो सञ्चालक समितिका उपाध्यक्ष शुसिल गौतमको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब सुदर्शन रिजालले गर्नुभएको थियो ।।