दुइ महीना मा दुइ वटा उत्कृष्ठ गीत सार्वजनिक

नरेश खड्का
दाङ,जेठ,१-
लोक तथा दोहोरी प्रतिष्ठान नेपालका निव्र्रतमान अध्यक्ष तथा वरिष्ठ गायक चन्द्र शर्माको दुइ महीना मा दुइ वटा उत्कृष्ठ गीत सार्वजनिक भएकाछन । छोडिदेउ जागिर र सलल बग्यो गण्डकी सार्वजनिक भएकाहुन
छोडिदेउ जागिरमा जागीर गर्न घर छोडनेहरुको पिडा समावेस गरीएको छ । लोक तथा दोहोरी प्रतिष्ठान नेपालका निव्र्रतमान अध्यक्ष तथा वरिष्ठ गायक चन्द्र शर्मा र सगुनतला थापाको आवाज , वरिष्ठ गायक रमेस बि जि को लय, तथा सुबास के सी र हरीशचन्द्र पौडेलको शब्द रहेको छ भने अर्को गित सलल बग्यो गण्डकी ले मौलिक पनलाइ झल्कायको छ । वरिष्ठ गायक चन्द्र शर्मा र वरिष्ठ गायीका टीका पुनको आवाज रहेको छ भने शब्द दुर्गा राइमाझी र अमर विरही गुरुङको रहेको छ