काठमाडौं,साउन,२०-काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने […]
समाज
वीरगन्जमा पत्रकार,प्रहरी र सेनासहित थपिए ७३ कोरोना संक्रमित, आजदेखि अनिश्चितकालीन कर्फ्यु
काठमाडौं,साउन,१९-पर्सामा थप ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भएको हो। ‘तीमध्ये भारतीय नागरिक १ र बारा जिल्लाका २ जना छन्, अरू सबै पर्सा नै घर भएका छन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका […]
अपडेट मेलम्ची पहिरो: ५ शव निकालियो, दुई जनाको पहिचान
सिन्धुपाल्चोक,साउन,१९-माटोको ढिस्को र रुखले थिचेर मेलम्चीमा पुरिएका मध्ये पाॅंच जनाको शव निकालिएको छ ।मृतक भएका मध्य दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ । मेलम्ची नगरपालिका ११ मा […]
आज जनै पूर्णिमा पर्व: देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै
काठमाडौं,साउन,१९-आज देशभर जनै पूर्णिमा पर्व अर्थात रक्षाबन्धन मनाईदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण […]
तनहुॅंमा मास्क नलगाउनेलाई कारवाही, ३३ हजार राजस्व संकलन
तनहुॅं,साउन,१८-मास्क प्रयोग नगरी हिँडडुल गर्ने तीन सय ३० जनालाई कारबाही गरेर तनहुँ प्रहरीले ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा ३३ हजार राजश्व सङ्कलन भएको हो। शनिबार एक सय, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार एक सय जनालाई कारवाही गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो। ‘जिल्ला […]
वीरगञ्जमा मेयरका परिवारसहित थप ४५ जनामा कोरोना पुष्टि
पर्सा,साउन,१८-वीरगन्ज वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उहाँको परिवारका सदस्यहरुको पीसीआर टेष्ट गर्दा श्रीमती र छोरीमा संक्रमण पुष्टी भएको हो । यो संगै पर्सामा आज मात्रै १४ महिला ३१ पुरुष सहित ४५ जना संक्रमित थपिएको पर्साका […]
थप ३१५ जना कोरोना संक्रमित थपिए, निको हुनेको संख्या १४ हजार नाघ्यो
काठमाडौं,साउन,१७-नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३१५ जनामा कोरोना पोजिटिभ देखिएको बताउनुभयो । प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको ५ हजार ३३८ संख्या रहेको छ।पछिल्लो २४ घण्टामा ६ हजार ९९३ को पीसीआर परीक्षण […]
‘इनफ इज इनफ’का युवा प्रहरीको नियन्त्रणमा
काठमाडौं,साउन,१७-‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ । सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसअघि, शुक्रबार पनि निषेधित क्षेत्र तोड्दै सरकारको विरोधमा प्रदर्शन गर्न पुगेका युवाहरुलाई टंगालस्थित भाटभटेनी मन्दिरबाट नियन्त्रणमा लिएको थियो ।प्रहरीले बालुवाटार आसपास क्षेत्रमा धर्ना, जुलुस गर्न निषेध […]
सुनको मुल्य अहिले सम्मकै बढी, तोलाकै एक लाख नजिक
काठमाडौं,साउन,१५-नेपाली बजारमा सुनको मोलले आकाश छोएको छ ।आमसर्वसाधारणका लागि सुन लगाउने होइन हेर्ने धातुका रुपमा मात्रै सीमित हुने अवस्था देखिँदैछ । एक तोला सुनकै मूल्य एक लाख नजिक पुग्दा सामान्य आय भएकाहरुले जिब्रो काढ्नु पर्ने अवस्था भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेसँगै […]
भत्ता पचाउन भन्दै आए गायक गोपाल जंग थापा (भिडीयो सहित)
काठमाण्डौं,साउन,१५-लोक दोहोरी गायक गोपाल जंग थापाले भत्ता पचाउन बोलको गित बजारमा ल्याएका छन । चर्चित गायिका तृप्ती खड्का र गायक थापाको स्वरमा रहेको उक्त गितमा चित्रकला बुढा थापा, हेमराज अधिकारी र भिमेष रिमालको अभिनय रहेको छ । (भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ) देशमा मौलाइरहेको भ्रष्टाचार, बेतिथि, सिमा सुरक्षा र स्वाभिमानलाई गित मार्फत […]



