नेपालमा एकैदिन १५६ जनामा संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो

काठमाडौं,जेठ,१५-नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार(आज) देशभर थप १५६ जनामा संक्रमण देखिएको जनाएको हो।यो एकैदिन नेपालमा देखिएको सबैभन्दा बढी संक्रमित संख्या हो। यसअघि बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियो।  योसँगै नेपालमा कुल संक्रमितको संख्या १०४२ पुगेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार विपी कोइराला […]

आगामी बजेटमा ऊर्जा, नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता

काठमाडौँ,जेठ,१४-आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण( डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना शुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको जनाएको छ ।          ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चालु आवको भन्दा झण्डै रु छ अर्ब कम हुने गरी रु ७५ […]

गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिए

कैलाली,जेठ,१४-प्रदेश नंम्बर ७ सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ७९६ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लालगायत अन्य जिल्लाका नागरिक भित्रिएका छन् भने कञ्चनपुरको गड्डा चौकी नाकाबाट एक हजार ५८६ नेपाली नेपाल भित्रिएका हुन् । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सरकारले लागु […]

नेपालमा थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं,जेठ,१३-नेपालमा मंगलबार थप ९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार  महत्तरीका २,  बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपिएका हुन् । […]

रुकुम-चौरजहारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं,जेठ,१३-गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । तीन जनाको मृत्यु र तीन जना अझै बेपत्ता रहेको घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । मंगलबार राष्ट्रियसभामा घटनाबारे जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले छानबिन गर्न समिति बनाइएको बताउनुभयो। गृहमन्त्री […]

चौरजहारी घटना जातीय अहंकारवादको उपज भएको गृहमन्त्री थापाको भनाइ

काठमाडौं,जेठ,१३-गृहमन्त्री रामबहादुर थापाले पश्चिम रुकुमको चौरजहारीमा दलित युवाको हत्या जातीय अहंकारवादको उपज भएको टिप्पणी गर्नुभएको छ। मंगलबार घटनाबारे राष्ट्रिय सभालाई जानकारी दिँदै मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो। सुरक्षा संयन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवा युवतीलाई ‘भगाउन’ गएको भन्ने खुलेको भन्दै गृहमन्त्री थापाले […]

सुर्खेत जिल्लामा १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,जेठ,१३-सुर्खेत जिल्लामा मंगलबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टिनबाट संकलित स्वाब परीक्षण गर्दा १२ रिपोर्ट पोजिटिभ आएको हो। यसअघि सुर्खेतका […]

नेपालमा कोरोना संक्रमितको संख्या ६८२, चारजनाको मृत्यु, १११ ‘डिस्चार्ज’

काठमाडौं,जेठ,१२-नेपालमा सोमबार थप ७८ जनामा कोरोना संक्रमण देखिएको छ । अछाममापहिलो पटक संक्रमित देखिएका छन् ।संक्रमित फेला परेका अन्य जिल्लाहरुमा कपिलवस्तु, रौतहट, सप्तरी, धनुषा, बारा, बाँके, बर्दिया, दैलेख र काठमाडौं रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटमा २६, बारामा २५, धनुषा, कपिलवस्तु र काठमाडौंमा तीन/तीनजनामा संक्रमण देखिएको बताए । यस्तै, […]

नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो

काठमाडौं,जेठ,११-नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ ।  काठमाडौंमा एक जनासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार १९ जना संक्रमित थपिएका हुन् । आइतबार थपिएकामा काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, मोरङ १, बारा १, पर्सा ३, रौतहट १, […]

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण, ५४८ जना संक्रमित

काठमाडौं,जेठ,१०-नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ । नयाँ थपिएका संक्रमितमा सर्लाही गोडैता र कविलासी नगरपालिकाका १३ जना, कपिलवस्तु वाणगंगा नगरपालिकाका ८ जना र रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना रहेका छन् । यसैगरी बारा करैयामाई गाउँपालिकाका १ जना, काठमाडौंका १ जना, चितवन भरतपुर […]