लिम्पियाधुरा, लिपुलेक सहितको नक्शा मन्त्रिपरिषदबाट पारित

काठमाडौं,जेठ,५-सरकारले लिम्पियाधुरा, लिपुलेकसहितको भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित गरेको एक मन्त्रीले जानकारी दिएका हुन् । बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्शा पेश गरेकी थिइन् । नयाँ नक्शामा भारतले वार्षैदेखि अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको जनाइएको छ […]

नेपालमा कोरोना संक्रमितको संख्या तीन सय नाघ्यो

काठमाडौं,जेठ,५-कोरोना भाइरसबाट थप नौ जना संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या ३ सय ४ पुगेको  । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिका- २,३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुषहरु संक्रमित छन् । त्यस्तै रौटहट माधवनारायाण नगरपालिका ३ निवासी २८ वर्षी महिला र […]

लकडाउन जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,जेठ,४-सरकारले जेठ २० गतेसम्म लकडाउन अर्थात् बन्दाबन्दी थप्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ५ गतेसम्म जारी बन्दाबनदीलाई अरु १५ दिन थपेर २० गतेसम्म लम्ब्याएको हो । लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निष्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरिएको हो ।बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय […]

नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु, मृत्यु हुनेमा बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका युवक

बाॅंके,जेठ,४-नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २४ वर्षिय युवाको मृत्यु भएको थियो ।उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो ।  नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतार बिहान पौने ७ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय […]

नेपालमा लकडाउनको ५५ औं दिन : निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने

काठमाण्डौ,जेठ,४-नेपालमा लगाईएको लकडाउनको आईतबार ५५ औं दिन पुरा भएको छ।कोरोना भाईरसको रोकथामका लागि सरकारले पटक पटक म्याद थपिरहेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय सोमबार रातिदेखि सकिदै छ । लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ । नेपालमा दिनप्रतीदिन कोरोना संक्रमण बढ्ने क्रम जारी रहेकोले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्न मन्त्रिपरिषदको […]

बाँके नरैनापुरको क्वारेन्टाइनमा एक युवकको मृत्यु

बाँके,जेठ,४-बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज(आइतबार) मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित बनेका छन् । कोरोना परीक्षणका लागि मृतक […]

नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या २९१ पुग्यो

काठमाडौं,जेठ,४-नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार बिहान ७:१५बजे विज्ञप्ति जारी गर्दै रौतहटमा १० जना कोरोना संक्रमित देखिएको जानकारी दिएको हो। मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएका ती १० संक्रमितमा रौतहट राजापुर नगरपालिका(९ फरहदवाका […]

नेपालमा पहिलोपटक कोरोना लागेर १ व्यक्तिको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं,जेठ,३-कोरोना भाईरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ ।धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा […]

नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं,जेठ,३-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । तीमध्ये २२४ पुरुष र ५४ जना महिला हुन् ।शनिबारमात्रै अहिलेसम्म ११ जनामा संक्रमण देखिएको छ । पछिल्लोपटक महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष थपिएसँगै संक्रमित २७८ पुगेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार बोल्दै प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये सबैभन्दा […]

सुत्केरी महिलाको निधन, कोरोनाको कारण मृत्यु भएको आशंकामा धुलीखेल अस्पताल सिल

काठमाण्डौं,जेष्ठ,३-धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको ज्यान गएको छ । उपचारका लागि लगिएकी एक महिलाको निधन भएपछि अहिले अस्पताल नै ‘सिल’ गरिएको छ। ९ दिनकी सुत्केरी ती महिलाको कोरोना परीक्षण रिपोर्ट शंकास्पद आएपछि अहिले अस्पताल नै सिल गरिएको हो।स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको अस्पतालको भेनि्टलेटरमा राख्ने क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। महिलाको […]