नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं,जेठ,३-नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या २७६ पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा कपिलबस्तुमा थप तीन जनालाई संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था भने सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार कपिलवस्तु, […]

नेपालमा फेरी ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ५८ पुग्यो

काठमाडौं,जेष्ठ,२-कोरोना संक्रमित थप नौ जना थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमित २ सय ५८ पुगेका छन् । संक्रमितमध्ये मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनपुर-१,३ र ५ निवासी […]

नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं,जेठ,१-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ  । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो। सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ […]

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

काठमाडौं,वैशाख,३०-कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । यस्तै, कुनै जिल्लाबाट काठमाडौं कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृत लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो […]

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं,बैशाख,३०-नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो […]

लिपुलेक विवाद : हेलिकप्टर मार्फत छाङरुमा सुरक्षाफौज लैजाने सरकारको तयारी

काठमाडौं,बैशाख,२९-नेपाली भूमि लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेपछि सरकारले तत्काल सशस्त्र प्रहरीकाे बटालियन राख्ने तयारी गरेको छ।लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा त्यसको चौतर्फी विरोध भैरहेको छ ।  सोमबार बिहान बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, […]

नेपालमा एकैदिन १० जनामा संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं,बैशाख,२९-नेपालमा सोमबार बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीले जानकारी दिनुभयो । उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि गाउँपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र १ […]

सुरक्षाकर्मी माथिको आक्रमण सिंगो नेपाली माथिको आक्रमण

काठमाण्डौं,बैशाख,२७-आफ्नो देश जान पाउनु पर्ने माग राख्दै केहि थान चिनियाहरु शुक्रबार नेपाल प्रहरी माथि नै जाइलागे । त्यो पनि देशको सबैभन्दा ठूलो प्रशासनिक भवन जहाबाट सिंगो मुलुकको प्रशासन चल्छ, सिंह दरबार अगाडि । अर्काको देशमा आएकाहरुले उल्टै त्यहि देशको सुरक्षाकर्मी माथि आक्रमण गर्नु कति सम्मको अन्याय, अत्याचार र हेपाई हो ? असल छिमेकी मानिदै आएको […]

नेपाल मगर संघ बारा काठमाण्डौं सम्पर्क समितीद्धारा १३० परिवारलाई राहत बितरण

काठमाण्डौं,बैशाख,२५-नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समीतीले राहत बितरण गरेको छ। बारा जिल्ला निजगढ नगरपालिका घरभई काठमाडौंमा बसोबास गर्दै आएका १३० परिवारलाई बुधबार राहत बितरण गरेको थियो । नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितीले संकलन गरेको ५० बोरा चामल र २ बोरा दाल काठमाडौंको जोरपाटी, चाबेल, कलंकी र ललितपुरको एकान्तकुनामा प्रती परिवार १० केजी चामल र १ केजी दाल वितरण गरेको नेपाल […]

पर्सामा २ वर्षे शिशु सहित १७ जनामा संक्रमण,संक्रमीतको संख्या ९९ पुग्यो

काठमाडौं,वैशाख,२४-नेपालमा बुधबार थप नयाॅं १७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ।   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। संक्रमीत व्यक्ती सबै पर्सा […]