बाँके नरैनापुरको क्वारेन्टाइनमा एक युवकको मृत्यु

बाँके,जेठ,४-बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज(आइतबार) मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित बनेका छन् । कोरोना परीक्षणका लागि मृतक […]

नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या २९१ पुग्यो

काठमाडौं,जेठ,४-नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार बिहान ७:१५बजे विज्ञप्ति जारी गर्दै रौतहटमा १० जना कोरोना संक्रमित देखिएको जानकारी दिएको हो। मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएका ती १० संक्रमितमा रौतहट राजापुर नगरपालिका(९ फरहदवाका […]

नेपालमा पहिलोपटक कोरोना लागेर १ व्यक्तिको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं,जेठ,३-कोरोना भाईरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ ।धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा […]

नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं,जेठ,३-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । तीमध्ये २२४ पुरुष र ५४ जना महिला हुन् ।शनिबारमात्रै अहिलेसम्म ११ जनामा संक्रमण देखिएको छ । पछिल्लोपटक महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष थपिएसँगै संक्रमित २७८ पुगेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार बोल्दै प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये सबैभन्दा […]

सुत्केरी महिलाको निधन, कोरोनाको कारण मृत्यु भएको आशंकामा धुलीखेल अस्पताल सिल

काठमाण्डौं,जेष्ठ,३-धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको ज्यान गएको छ । उपचारका लागि लगिएकी एक महिलाको निधन भएपछि अहिले अस्पताल नै ‘सिल’ गरिएको छ। ९ दिनकी सुत्केरी ती महिलाको कोरोना परीक्षण रिपोर्ट शंकास्पद आएपछि अहिले अस्पताल नै सिल गरिएको हो।स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको अस्पतालको भेनि्टलेटरमा राख्ने क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। महिलाको […]

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं,जेठ,३-नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या २७६ पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा कपिलबस्तुमा थप तीन जनालाई संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था भने सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार कपिलवस्तु, […]

नेपालमा फेरी ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ५८ पुग्यो

काठमाडौं,जेष्ठ,२-कोरोना संक्रमित थप नौ जना थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमित २ सय ५८ पुगेका छन् । संक्रमितमध्ये मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनपुर-१,३ र ५ निवासी […]

नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं,जेठ,१-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ  । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो। सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ […]

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

काठमाडौं,वैशाख,३०-कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । यस्तै, कुनै जिल्लाबाट काठमाडौं कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृत लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो […]

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं,बैशाख,३०-नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो […]