कक्षा एकदेखि नै संस्कृत पढाइ हुने

काठमाडौं,बैशाख,२४-सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ।यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमको स्वीकृति दिएको छ।यो पाठ्यक्रम विज्ञको सहयोगमा बनाएर केन्द्रले स्वीकृति दिएको हो । स्थानीय पाठ्यक्रमको रुपमा […]

नेपालमा नयाॅं ७ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ८२ पुग्यो

काठमाडौं,बैशाख,२३-नेपालमा नयाॅं सात जनामा कोरोना संक्रमण देखिएको छ।बाॅंकेको नेपालगञ्जमा मंगलबार थप सात जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, […]

बॉंकेमा एकैदिन १५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं,बैशाख,२१-बाॅंकेमा एकै दिन थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि बाॅंकेमा नौ र पर्सामा एक जनामा कोरोना संक्रमण देखिएको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।  त्यसको केहि घण्टा लगत्तै बाॅंके नेपालगंजमा थप ६ जनामा कोरोना पुष्टि भएको मन्त्रलयले आफ्नो आधिकारीक फेशबुक आईडीबाट जनाएको छ । यो संगै देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।यसअघि आइतबार […]

लकडाउनमा मनको स्याहार कसरी गर्ने: मनोविद गोपाल ढकाल

काठमाण्डौं,बैशाख,२०-कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरिएकोछ।रोगको महामारीहुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुने नै भयो।साथै मानसिक स्बास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ। शरीर र मन एक अर्काका परिपुरक हुन ।शरिरमा समस्या आउदा मनमा पनि असर पर्छ।साथै मनमा समस्या आउदा शरिरिक लक्षणहरु पनि देखिन सक्छन। लकडाउनको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आईसोलेसनमा बस्दा […]

नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ५९ पुग्यो,

काठमाडौं,बैशाख,१७-नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देही र बाँकेमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले दुबै व्यक्तिको अवस्था सामान्य रहेको जनाएको छ । […]

विचार-सबैले सभ्य नागरिकको परिचय दिउ : अशोक सेढाई

फुकुओका,जापान,बैशाख,१४-कोरोना भाइरस (कोभिड-१९) को महामारी अहिले विश्वभर फैलिएको छ।जस मध्ये धेरै मुलुकहरू प्रभावित बनेका छन्।यसबाट जापान पनि अछुतो रहन सकेन।जापानमा हालसम्म १४ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने ३ सय ७४ जनाको मृत्यु भइसकेको छ। मेरो कर्मथलो फुकुओका,जापान हाल म छुट्टी मा नेपाल छु।नेपाल लकडाउन को अवस्था मा छ,सरकरले गरेको निर्देशन सबै जनताले पालना […]

समाजसेबी युवा मिलन मगरको पहलमा अलपत्र परेका बाराका बिद्यार्थी र मजदुरको उद्दार

काठमाण्डौं,बैशाख,१३-बारा जिल्लाका बिद्यार्थी तथा मजदुरलाई उद्धार गरिएको छ । पूर्व नेपाल मगर संघ क्युशु जापानका अध्यक्ष तथा निबर्तमान नेपाल मगर संघ समनय समिती २ नम्बर प्रदेस सचिब, मगर ग्रुप प्रा. लि. का संचालक मिलन मगरको पहलमा अलपत्र परेका हजारौ बिद्यार्थी र मजदुरको शुक्रबार उद्धार गरिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा मजदुरी तथा अध्ययन गरिरहेका […]

कोरोना भाईरस नियन्त्रण नभएसम्म लकडाउन नखुल्ने

काठमाडौं,बैशाख,१०-सरकारले गरेको लकडाउन कोरोना भाइरस (कोभिड १९) नियन्त्रण नभसम्म नखुल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नु भएको छ ।बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइ यथावत रहने बताउनु भएको हो । छलफलमा दार्चुलाका सांसद गणेश ठगुन्नाले सीमामा अलपत्रहरुलाई स्वेदश ल्याएर क्वारेन्टिनमा राख्न प्रधानमन्त्रीसँग आग्रह गर्नु भएको थियो । […]

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुग्यो, ७ जना निको भए

काठमाडौं,वैशाख १०-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ ।बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । थपिएकाहरु तीनैजना पुरुष हुन् । २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष संक्रमित भएका हुन्।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]

एकैदिन ११ जना कोरोना संक्रमित थपिएपछि उदयपुर जिल्ला ‘सिल’

उदयपुर,वैशाख,९-उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबार देखी नै पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनमभयो । उदयपुर जिल्लामा पूर्णरुपमा ‘लकडाउन’ गर्ने र जिल्लाका सबै नाका सिल गर्ने […]