काठमाडौं,जेठ,१६-नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसमा नेपाली खेलाडीले प्राप्त गरेको ऐतिहासिक सफलतापछिको पहिलो बजेट बिनियोजनमा सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राख्ने अनुमान गरिएको थियो। तर, बिहीबार संघीय संसदको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले २०७७/०७८ अनुमानित बजेट प्रस्तुत गर्दा त्यो अनुभुती हुन सकेन।सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ […]
समाज
आगामी आर्थीक वर्षका लागि कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनीयोजन
काठमाडौं,जेठ,१५-आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले बिहिबार १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिनुभयो । कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब […]
राष्ट्रपतिद्धारा २३३ कैदीको बाँकी कैद मिनाहा
काठमाण्डौं,जेठ,१५-राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । यसैगरी नेपालको संविधानको […]
कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष
काठमाडौं, जेठ १५- सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने प्रबन्ध गरेको छ । अर्थमनत्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोरोनाका कारण समस्यामा परेका साना तथा लघुउद्यम तथा पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा […]
आर्थिक वर्ष २०७७/७८ को बजेटः कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
काठमाडौं,जेठ,१५-सरकारले कोभिड- १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७- ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बताउनुभयो […]
नेपालमा एकैदिन १५६ जनामा संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो
काठमाडौं,जेठ,१५-नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार(आज) देशभर थप १५६ जनामा संक्रमण देखिएको जनाएको हो।यो एकैदिन नेपालमा देखिएको सबैभन्दा बढी संक्रमित संख्या हो। यसअघि बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियो। योसँगै नेपालमा कुल संक्रमितको संख्या १०४२ पुगेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार विपी कोइराला […]
आगामी बजेटमा ऊर्जा, नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता
काठमाडौँ,जेठ,१४-आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण( डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना शुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चालु आवको भन्दा झण्डै रु छ अर्ब कम हुने गरी रु ७५ […]
गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिए
कैलाली,जेठ,१४-प्रदेश नंम्बर ७ सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ७९६ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लालगायत अन्य जिल्लाका नागरिक भित्रिएका छन् भने कञ्चनपुरको गड्डा चौकी नाकाबाट एक हजार ५८६ नेपाली नेपाल भित्रिएका हुन् । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सरकारले लागु […]
नेपालमा थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो
काठमाडौं,जेठ,१३-नेपालमा मंगलबार थप ९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपिएका हुन् । […]
रुकुम-चौरजहारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति
काठमाडौं,जेठ,१३-गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । तीन जनाको मृत्यु र तीन जना अझै बेपत्ता रहेको घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । मंगलबार राष्ट्रियसभामा घटनाबारे जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले छानबिन गर्न समिति बनाइएको बताउनुभयो। गृहमन्त्री […]




